मुक्तिनाथ विकास बैंकले स्याङ्जाको पुतलीबजार नगरपालिका ३ मा रहेको ज्योति आधारभुत विद्यालयका विद्यार्थीहरुलाई झोला र विद्यालयलाई कम्प्युटर सेट प्रदान गरेको छ । बैंकले शुक्रबार सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयमा अध्ययनरत ३० जना विद्यार्थीहरुलाई विद्यालय झोला र विद्यालय स्रोतलाई एक कम्प्युटर सेट प्रदान गरेको हो ।
झोला तथा कम्प्युटर सेट हस्तान्तरण गर्दै बैंकका सन्चालक समिति सदस्य भरत प्रसाद लम्सालले जनता बैंकमा होईन, बैंक जनतामा जानुपर्छ भन्ने अभिप्रायले अघि बढीरहेको बैंकले दुर दराजमा रहेका विद्यालय र विपन्न वर्गका बालबालिकाको शैक्षिक अवस्था सुधारका लागि यस्ता थुप्रै कार्यक्रम गर्दै आएको बताए ।
कार्यक्रममा समाजसेवी अनन्त राज मरासिनी, उदयराज मरासिनी,मुक्तिनाथ विकास बैंकका क्षेत्रिय उपप्रबन्धक ऋषीनाथ ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन प्र अ निर्मला गोदारले गरेकी थिईन ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
