जिल्ला प्रहरी कार्यालय स्याङ्जाले स्याङ्जा बाड्खोला मुस्लिम युवा क्लबका अध्यक्ष अयुब मियाँलाई प्रसंशापत्रद्वारा सम्मान गरेको छ ।
मियाँलाई विभिन्न समयमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका काम कारवाहीहरू, कसुरको रोकथाम तथा नियन्त्रण, अनुसन्धान र कार्यालयको व्यवस्थापनमा समेत सहयोग गरेको र नेपाल प्रहरी संगठनप्रति उल्लेखनीय योगदान पुर्याएको उल्लेख गर्दै कदरस्वरूप धन्यवाद सहित स्याङ्जा प्रहरीले सो प्रशंसापत्रद्वारा मियाँलाई सम्मान गरेको हो ।
स्याङ्जा प्रहरी प्रमुख प्रहरी उपरिक्षक दधिराम न्यौपानेले मंगलबार एक कार्यक्रमका बिच क्लबका अध्यक्ष अयुब मियाँलाई उज्जव भविष्यको कामना सहित प्रशंसापत्र प्रदान गरेका हुन ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
