स्याङ्जा चेम्बर अफ कमर्श स्याङ्जाको छैटौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेसनबाट निर्वाचित कार्यसमितिको पदस्थापन तथा बधाई कार्यक्रम सम्पन्न भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका ३ गुणिखोला स्थित सहयात्री पार्टी प्यालेसमा सोमबार पदस्थापन एवम् बधाई ज्ञापन कार्यक्रम भएको हो ।
कार्यक्रमको उद्घाटन सहित नवनिर्वाचित कार्यसमितिलाई बधाई एवम् शुभकामना व्यक्त गर्दै गण्डकी प्रदेश सदस्य सुधिर कुमार पौडेलले नीजि क्षेत्र बिना राज्य अधुरो हुने बताए । उनले चेम्बरलाई राज्यलाई धेरै योगदान गर्ने गरी अगाडि बढ्न समेत अनुरोध गरे ।
कार्यक्रममा पुतलीबजार नगरपालिकाकी नि वर्तमान नगर प्रमुख सिमा कुमारी क्षेत्री, चेम्बर स्याङ्जाका नि वर्तमान अध्यक्ष लोकनाथ रेग्मी,एकिकृत सेवा कार्यालय स्याङ्जाका कार्यालय प्रमुख जीवन पौडेल,चेम्बर स्याङ्जाका प्रमुख सल्लाहकार अमृत प्रसाद श्रेष्ठ,सल्लाहकारहरु निर्मल कुमार शेरचन,हर्क कुँवर, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष नवराज सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
चेम्बर स्याङ्जाका अध्यक्ष श्री बहादुर गुरुङ्को अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष राजु अधिकारीले स्वागत एवम् महासचिव ओम प्रसाद पौडेलले कार्यक्रम सन्चालन गरेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
