निशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ७ जना लाभान्वित

स्याङजा युथ क्लबको आयोजना, खुमा अर्याल फाउन्डेसन स्याङ्जाको सहकार्य, गण्डकी मेडिकल कलेज पोखरा, पोखरा फाईभ डि अल्ट्रासाउण्ड र निभिक फर्माक्युटिकल लिमिटेडको प्राविधिक सहयोग साथै पुतलीबजार नगरपालिका, अर्जुनचौपारी गाउँपालिका मुक्तिनाथ विकास बैंकको बिशेष सहयोगमा संयुक्त रुपमा विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविर भएको

स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श  माध्यमिक बिद्यालयमा भएको शिविरमा हाडजोर्नी तथा नसारोग परीक्षण, रेडियोलोजी सेवा, मुटुरोग परीक्षण, बालरोग परीक्षण, दन्तरोग परीक्षण, स्त्री एवं प्रसुतीरोग परीक्षण, छालारोग परीक्षण, नाक, कान, घाँटीरोग परीक्षण, आँखारोग परीक्षण सम्बन्धी स्वास्थ्योपचार सहितको शिविर सम्पन्न भएको हो

Advertisement

शिविरको उदघाटन गर्दै पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले बिशेषज्ञ सहितको स्वास्थ्योपचार लिन नगरवासीलाई आग्रह गरे ।समय रकम खर्च गरेर अन्यत्र शहर जानुपर्ने वाध्यता कम भएको जनाउदै आफनै घरआगँनमा विबिध सेवा लिनु पर्नेनको भनाई   सोही कार्यक्रममा पुतलीबजार नगरपालिका वडा न १ का अध्यक्ष उत्तम प्रसाद श्रेष्ठ, फाउण्डेशनका अध्यक्षलेखनाथ शर्मा, युवा ईन्जिनियर अनुप श्रेष्ठ, डा. प्रदिप सिग्देल, मुक्तिनाथ विकास बैंकका क्षेत्रिय अधिकृत सुनोध पौडेल, प्रधानाध्यापक प्रेमनारायण पौडेल लगायतले शुभकामना मन्तब्य ब्यक्त रे  

स्याङ्जा युथ क्लबका अध्यक्ष बाबु थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फाउण्डेशनका शिक्षा विभाग बिज्ञ सदस्य बन्दना लम्सालले स्वागत कार्यालय सचिव पवन मरासिनीले संचालन गरेका थिए शिविरमा डा. सुदिप सिग्देलको नेतृत्वमा १८ जना चिकित्सकको टोलीले स्वास्थ्य परिक्षण रिएको शिविरमा ३ सय ७ जना प्रत्यक्ष लाभान्वित भएका थिए

More News last news
Loading...