स्याङ्जामै पहिलो पटक जिल्लास्तरिय आविष्कार तथा विज्ञान सामाग्री प्रदर्शन प्रतियोगिता हुने

विद्यार्थीहरुले गरेका विभिन्न विज्ञानका आविष्कारलाई स्याङ्जामा प्रदर्शन गरिने भएको विज्ञान एवम् नविन प्रवर्तनक्षेत्रको कुनै आविष्कार, निर्माण वा खोज गरेका विशेष प्रतिभा भएका जिल्ला भित्रका विद्यार्थीहरुले आफ्नो सीप एवम् आविष्कारको  प्रदर्शन गर्न सक्नेछन्

एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजनामा  यही वैशाख ३१ गते स्याङ्जा सदरमुकाममा हुने प्रतियोगितामा  आफ्नैज्ञान, सीप कल्पनाशक्तिको प्रयोग गरी बनाएका विभिन्न वैज्ञानिक सामग्री, मोडल तथा परियोजनाहरू सार्वजनिक रूपमाप्रस्तुत गर्ने अवसर प्रदान गरिने भएको विद्यार्थीहरुमा भएको अन्तरनिहित प्रतिभा प्रस्फुटन हुनेको साथै   सिर्जनशीलता नवप्रवर्तनको विकास  भई भविष्यमा वैज्ञानिक, इन्जिनियर वा अनुसन्धानकर्ताको रूपमा अघि बढ्न प्रेरणा दिने विश्वासकार्यालय प्रमुख जीवन पौडेलको छ ।

Advertisement

साथै कार्यालयले जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरुबीच विज्ञान सामाग्री प्रदर्शनी प्रतियोगिता पनि हुने भएको विज्ञानको प्रयोगात्मक ज्ञानको अन्तरनिहिन प्रतिभा प्रस्फुटनको लागि बालबालिका समूहको जिल्लास्तरीय विज्ञान सामाग्रीप्रदर्शन प्रतियोगिता समेत गर्न लागिएको कार्यालयले जनाएको जिल्लाका ११ वटै स्थानीय तहमा उत्कृष्ट  प्रत्येकस्थानीय तहका  दुई वटा विद्यालय गरी २२ वटा टिम कार्यक्रमा सहभागि हुने छन् कार्यक्रममा प्रथम,द्धितीय, तृतीय सान्तवना हुन सफल विद्यालयलाई पुरस्कार प्रमाणपत्र प्रदान गरिने कार्यालयले जनाएको

More News last news
Loading...