अहिलेको महँगो जीवनशैली, बढ्दो प्रतिस्पर्धा, सामाजिक–आर्थिक दबाब तथा विभिन्न तनावका साथै स्वास्थ्यसम्बन्धी अन्यविविध समस्या दिनप्रतिदिन बढ्दै गइरहेको सन्दर्भमा हाम्रो जीवनशैली सुखी र खुसी बनाउन र समग्र मुलुकलाई समृद्धिकोबाटोमा अगाडी डोर्याउन अन्तराष्ट्रिय आरोग्य दिवसको अवसर पारेर स्याङ्जाको जुग्लेमा साताव्यापी योग, ध्यान र सकारात्मक चिन्तन सहित उर्जा ध्यान शिविर तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
आँधीखोला गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले मानिसको जीवनशैली, शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक, र पारिस्थितिक कल्याणलाई आपसमा साटासाट गर्दै निरोगी जीवन र समाज बनाउन यस किसिमको कार्यक्रमलेछुट्टै सन्देश दिन सफल भएको बताए ।
एकीकृत सेवा कार्यालय स्याङजाका प्रमुख जीवन पौडेलले योग, आयुर्वेद, ध्यान र आध्यात्मिक अभ्यासजस्ता मौलिकतालाईप्रभावकारी रूपमा प्रवर्द्धन गर्दै नेपालको अपार जैविक विविधता, यहाँका अमूल्य जडीबुटी, अतुलनीय प्राकृतिक सम्पदालाई आरोग्य दिवसले एकसाथ विश्वमाझ विचरण गराउने क्षमता राख्ने भएकाले भावी पुस्ताकै लागि अनुपम उपहार साबित हुनेविश्वास व्यक्त गरे । यस दिवसले आरोग्य र मानव कल्याणयुक्त पर्यापर्यटनको विकासमा मार्फत् वैदेशिक अर्थ आर्जनकोमाध्यम बनेर सघाउने अपेक्षा रहेको उहाँले वताए । पौडेलले भने “ वेलनेस जीवन जिउने कला भएको उल्लेख गर्दै नेपालकोछवि थप विश्वमाझ संशक्त ढंगबाट पुर्याउनुका साथै नेपालको संस्कृति, परम्परागत विधि, खानपान, रहनसहन, आयुर्वेदिकअभ्यासको प्रवर्धन हुने छ ।”
प्रहरी निरिक्षक रेशम पौडेलले आरोग्यले मानिसमा आत्मविश्वास, उत्साहसङ्गै व्यक्ति कठिन परिस्थितिमा पनि सहजता रसकारात्मकता राख्न यस किसिमको कार्यक्रमले सहयोग गर्ने बताए । कार्यक्रमको मुख्य प्रशिक्षक जीवन विज्ञान परिषद्स्याङ्जा संयोजक राधा अर्यालले योग, ध्यान र सकारात्मक चिन्तन प्राचीन तथा वैज्ञानिक रूपमा प्रमाणित विधिहरू भएकोबताउँदै जसले शरीर र मन दुवैलाई सन्तुलित राख्न सहयोग पुर्याउने, शरिरमा ऊर्जा वृद्धि गर्ने , मनलाई शान्त, केन्द्रित र स्थिर बनाउन सहयोग गर्नुको साथै व्यक्तिको सोचाइ, व्यवहार र जीवनप्रतिको दृष्टिकोणमा सुधार ल्याई मानसिक सन्तुलन कायमराख्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
जीवन विज्ञान स्याङ्जा परिषद् सदस्य एवंम् प्रशिक्षक दुर्गा बाँनीयाले आन्तरिक जागरण, सामूहिक आरोग्य सँगै शारीरिक र मानसिक तथा समाजिक र भावनात्मक सम्बन्ध राम्रो बनाउन जीवन विज्ञानको महत्वपूर्ण भूमिका खेल्ने बताए । कार्यक्रममावडा सदस्य केदारनाथ पौडेल , पूर्व शिक्षक नारायणप्रसाद पौडेल, चेतनाथ पौडेल, शिक्षक ख्यामनारायण लामिछाने, ख्यामनारायण क्षेत्री, प्रगतिशिल आमा समूह अध्यक्ष मञ्जु थापा लगायतले आरोग्य एवम् जीवन विज्ञानको महत्व बारे आफ्नोधारणा राखे ।
१ सय जना भन्दा बढीको उपस्थितिमा सात दिन सम्म सञ्चालन भएको कार्यक्रममा जीवन विज्ञान परिषद् स्याङ्जा संयोजक राधा अर्याल, दुर्गा बानियाँ, योग साधक पूर्ण राज श्रेष्ठ लगायतको टीमले योग ध्यान, सकरात्मक चिन्तन लगायतकोविषयमा सहजिकरण गरे । जागृती आमा समूह जुग्लेको आयोजनामा भएको कार्यक्रम एकीकृत सेवा कार्यालय स्याङ्जा रजीवन विज्ञान स्याङ्जाको सहजिकरणमा सम्पन्न भएको हो। कार्यक्रममा सहभागिहरु सबैलाई प्रमाणपत्र वितरण गरिएकोथियो ।
जागृती आमा समूहका अध्यक्ष तारादेवी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आमा समूह सहसचिव सरस्वती पौडेललेस्वागत मन्तव्य राखिन भने, सञ्चालन विष्णु पौडेलले गरेकी थिए । नेपालको प्रस्तावमा संयुक्त राष्ट्र संघ महासभाले अप्रिल१५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा घोषणा गरेको थियो । यस वर्ष वैशाख २ गते “हिमालको चेतना, विश्वकोआरोग्य” नारा सहित विभिन्न कार्यक्रमको साथ यस दिवस मनाइदै छ । यो निर्णयले स्वास्थ्यलाई केवल रोगको अनुपस्थितिमात्र नभई शारीरिक, मानसिक, सामाजिक तथा वातावरणीय सन्तुलनका रूपमा परिभाषित गर्दै ‘समग्र आरोग्य’ अवधारणालाई विश्वस्तरमा सुदृढ बनाउन टेवा पुर्याउने छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
