स्याङ्जामा रचनात्मक कार्यक्रम सहित मनाईयो सहकारी दिवस

स्याङ्जामा केहि रचनात्मक कार्यक्रम गरी ६९ औं  राष्ट्रिय सहकारी दिवस २०८२ मनाईएको छ । राष्ट्रिय सहकारी दिवस २०८२को अवसरमा सूर्योदय साकोस स्याङ्जाको आयोजनामा सहकारी सचेतना, स्वास्थ्यका लागि दौड र खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएका हुन् ।

शुक्रबार बिहान भएको सहकारी सचेतना तथा स्वास्थ्यका लागि दौड कार्यक्रम वेल्फेयरचोक बाडखोलादेखि शुरू भई स्याङ्जावसपार्क पुगेर समापन भयो । दौड कार्यक्रमको सुभारम्भ साकोसका  निवर्तमान अध्यक्ष हुम बहादुर कुमालले गरेका थिए ।

Advertisement

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव अच्युत प्रसाद पोख्रेल, सामुदायिक रेडियो स्याङ्जाका एक बहादुरगोदार, जिल्ला सहकारी संघका उपाध्यक्ष संघ ताम्राकार लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यस्तै, बिहिबार दिवसको पुर्वसन्ध्यामा सूर्योदय साकोस स्याङ्जाको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखास्याङ्जाको प्राविधिक सहयोगमा पुतलीबजार गरपालिका वडा न ३ बाड्खोलास्थित सहकारीको प्रधान कार्यालय नजिक पुरानो कृषी विकास कार्यालय भवनमा रक्तदान कार्यक्रम गरिएको थियो । पुतलीबजार १, २ र ३ का गरी कुल ९५ जना सहभागि कार्यक्रममा ३८ युनिट रगत संकलन भएको थियो ।

नेपालमा सहकारी आन्दोलनको सुरुवात वि.सं. २०१३ सालमा चितवन जिल्लामा पहिलो सहकारी स्थापना भएर भएकोमानिन्छ । सहकारी संस्थाहरूले सानपूँजीलाई एकत्रित गरी सदस्यहरूको आर्थिक, सामाजिक सांस्कृतिक विकासमासहयोग गर्छन् । सहकारीको आधारभूत सिद्धान्तहरूमा स्वेच्छिक सदस्यता, लोकतान्त्रिक नियन्त्रण, आर्थिक सहभागिता समुदायप्रतिको चासो पर्छन् । नेपालमा सहकारी क्षेत्रलाईअर्थतन्त्रको तेस्रो खम्बाको रूपमा लिने गरिन्छ ।

यस्तै, ईन्टरनेशनल कोअपरटिभ अलायन्सले सन् १९२३ देखि अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउन सुरु गरेको हो । यो दिवस हरेक वर्ष जुलाई महिनाको पहिलो शनिबार मनाइन्छ । संयुक्त राष्ट्र संघले सन् १९९५ देखि यसलाई औपचारिकरूपमा मान्यता दिएको छ ।  सहकारीको मूल मन्त्रएकता, सहकार्य आत्मनिर्भरताहो ।

More News last news
Loading...