श्रवण मा वि को अध्यक्षमा पुन: के सि

स्याङ्जाको पुतलीबजार नगरपालिका १४ मा रहेको श्रवण माध्यमिक विद्यालय विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुन: रविन के सि चयन भएका छन् । शुक्रबार सम्पन्न आम भेलाले अध्यक्षमा के सी सहित ९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

यो संगै के सि दोस्रो कार्यकालका लागि व्यवस्थापन समितिको अध्यक्षमा निर्विरोध चयन भएका हुन् । समितिका अन्य सदस्यहरुमा सीता पुरी, सन्तोस भन्डारी, श्रीप्रसाद पौडेल, सीता नेपाली, रिमा सुनार, वडा अध्यक्ष जितेन्द्र प्रकाश मल्ल, विद्यालयका प्रधानाध्यापक र एक जना शिक्षप्रतिनिधि सहित ९ सदस्य रहेका छन्

Advertisement

नव निर्वाचित कार्यसमितिले अभिभावक संघ गठन गर्ने समेत जनाईएको छ । यस अघि पनि अध्यक्ष  रहेका के सि ले शिक्षक, अभिभावक र अन्य सरोकारवालाहरु सबैको सहायतामा शैक्षिक र भौतिक गुणस्तर अभिवृध्दिमा महत्वपुर्ण भुमिका खेलेका थिए ।

More News last news
Loading...