स्याङ्जाको पुतलीबजार वडा न ५ र ७ मा पर्ने हरिहर मन्दिरमा श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । हरिहर भगवान मुर्ति प्राण प्रतिष्णा गर्ने, बृह्त आध्यात्मिक तथा पर्यटकीय धाम निर्माणका साथै ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना गर्ने महान सँकल्पका साथ आजदेखि सुरु भएको महायज्ञ यहि १८ गतेसम्म चल्नेछ ।
महायज्ञको उद्घाटन एक कार्यक्रमका बिच नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा.धनन्जय रेग्मीले गरेका थिए । महायज्ञ समुद्घाटन पुर्व बाजागाजा सहित हरिहर मन्दिर देखि स्याङ्जा सदरमुकामको विष्णु पधेरा हुँदै पुन हरिहर मन्दिर परिसर सम्म नै कलश यात्रा र र्यालि समेत गरिएको थियो ।
महायज्ञ मुल समारोह समिति, हरिहर मन्दिर एवम् नमुना पर्यटकिय धाम साथै ज्येष्ठ नागरिक मिलन केन्द्र महाअभियानको मुख्य आयोजनामा सुरु भएको महायज्ञमा भागवत भाष्कर गुरुदेव कमलनयन गौतमले कथा वाचन गर्नेछन ।
महायज्ञ यहि चैत्र १८ सम्म चल्ने भएतापनि प्राण प्रतिष्ठा कार्यक्रम भने १३ गतेसम्म गरिनेछ । महायज्ञमा समग्र स्याङ्जा जिल्ला लगायत, छिमेकी जिल्लाहरु कास्कि, पर्वत, तनहुसम्मका श्रद्दालु भक्तजनहरुले दर्शन तथा अवलोकन गर्न आउने आयोजकको विश्वास छ । सोहि अनुसार तयारी र व्यवस्थापन चुस्त पारिएको हरिहर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मुल आयोजक समिति संयोजक लोकनाथ रेग्मीले जानकारी दिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
