मुक्तिनाथको सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रम : श्रवणमा विद्यालय झोला र पाणिनीमा कम्प्युटर सेट सहयोग
मुक्तिनाथ विकास बैंकले स्याङ्जाको पुतलीबजार नगरपालिका १४ मा रहेको श्रवण मा वि मा अध्ययनरत ८४ जना विद्यार्थीलाई विद्यालय झोला वितरण गरेको छ ।
मुक्तिनाथले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मंगलबार पुतलीबजार १४ का दुई विद्यालयका गरी सय जना विद्यार्थीलाई विद्यालय झोला र १ सेट कम्प्युटर प्रदान गरेको हो । जसमा बैंकले श्रवण मा वि का ८४ विद्यार्थी र पाणिनी आश्रम पाणिनी संस्कृत गुरुकुलममा रहेका १६ जना बटुकहरुलाई विद्यालय झोला र एक कम्प्युटर सेट प्रदान गरेको छ ।
सामग्री हस्तान्तरण गर्दै बैंकका सन्चालक समिति सदस्य भरत प्रसाद लम्सालले बालबालिकाको शैक्षिक मनोविज्ञानको बृतिविकास र शैक्षिक उत्साह विकास गर्नका लागि सहयोग होस् भन्ने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको बताए । लम्सालले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले निरन्तर रुपमा शिक्षा, स्वास्थ्य र बैंकिङ् लगायतका क्षेत्रमा विविध कार्यक्रम गर्दै आईरहेको उल्लेख गरे ।
कार्यक्रममा बैंकका क्षेत्रीय उपप्रबन्धक ऋषीनाथ ढकाल, पन्चमुखि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुर्य लामिछाने, गुरुकुलमका प्रधानाध्यापक देविसरा काफ्ले लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम पाणिनी संस्कृत गुरुकुलम व्यवस्थापन समितिका अध्यक्ष चुडामणि शर्माको अध्यक्षतामा भएको थियो भने पहिलो कार्यक्रम श्रवण मा वि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन के सि को अध्यक्षतामा भएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
