स्याङ्जामा मनाइयो जातीय विभेद उन्मूलन दिवस

समाजमा हुने जातीय विभेद विरुद्ध स्याङ्जामा आवाज उठेको गण्डकी प्रदेश सरकार अन्तर्गतको एकीकृत सेवा कार्यालयस्याङ्जाले अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा  भिरकोट नगरपालिका वडा स्थित सिर्कोटमा विविध कार्यक्रमसहित जातिय विभेद विरुद्ध आवाज मुखरित गरेको हो ।

कार्यक्रममा बोल्दै भिरकोट नगरपालिकाका उपप्रमुख भगवती रेग्मी अर्यालले समाजमा हुने कुनै पनि किसिमको विभेद विरुद्धआवाज उठाउनु पर्ने कुरामा जोड दिइन । यस्ता रचनात्मक कार्यक्रमले सिंगो सामाजमा सकरात्मक सन्देश प्रवाह हुने विश्वासव्यक्त रिन एकीकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेलले सामाजिक न्याय समानतामूलक समाज निर्माणमा सबैकोहातेमालो आवश्यक रहेको औँल्याउदै सरकारले पछी परेका समुदायको जीवनस्तर  माथी लैजान सीप विकास उत्पादनमूलक कार्यक्रम मा जोड दिने बता उनले अझै पनि  देशका विभिन्न क्षेत्रमा जातीय भेदभावका घटना सुनिने गरेकोहुदाँ सचेतना सहितको शिक्षा प्रभावकारी कानूनको कार्यान्वयनमा जोड दिए ।

Advertisement

कार्यक्रममा भिरकोट नगरपालिका वडा का वडा अध्यक्ष नन्दलाल खनाल, वडा का वडा अध्यक्ष भिमबहादूर गुरुङलेसमाजमा कुनै प्रकारको विभेद सिर्जना हुन नदिइने उद्घोष गरे ।

आमासमूह, नागरिक समाज, विद्यार्थी,  स्थानीय बासिन्दाको सहभागितामा सम्पन्न कार्यक्रममा साहित्य सिर्जना मार्फत्समानताको आवाजको लागि विभिन्न गीत, कविता, नृत्य प्रस्तुत गर्ने सहभागिहरुलाई नगद पुरस्कार प्रमाणपत्र प्रदानगरिएको थियो

अन्तरक्रिया अभिमुखिकरण कार्यक्रम पुर्व जातीय विभेद विरुद्ध समानताको लागि विभिन्न नारा लेखीएको प्लेकार्ड बोकेरप्रभातफेरी समेत गरिएको थियो ।

एकीकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विष्णुमाया काफ्लेले रिन । संयक्त राष्ट्र संघले सन् १९६५ मा जातीय विभेद उन्मुलन सम्बन्धि महासन्धि पारित गरेको अवसरमा हरेक वर्ष मार्च २१ माअन्तराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाइन्छ

More News last news
Loading...