स्याङ्जामा विश्व उपभोक्ता अधिकार दिवश विभिन्न कार्यक्रम गरि मनाईएको छ । गण्डकी प्रदेश सरकार अन्तर्गतको एकीकृतसेवा कार्यालय स्याङ्जाको आयोजनामा आँधीखोला गाउँपालिका स्थित प्रधुम्न पनेरु माध्यमिक विद्यालयमा उपभोक्ता सचेतिकरण एवम् अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
पञ्चेबाजा र सचेतनामूलक प्लेकार्ड सहित प्रभातफेरी कार्यक्रम पश्चात् भएको सचेतना तथा अभिमुखिकरण कार्यक्रममाबोल्दै आँधीखोला गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले उपभोक्ताहरु आफ्नो अधिकार प्रति सचेत हुनुको साथै उद्योगी तथाव्यापारीले इमान्दारिता पूर्वक उपभोक्ताको हित हुने गरी व्यवसाय गर्नुपर्ने कुरामा जोड दिए । गाउँपालिका उपाध्यक्ष सिताथापाले आफैले उत्पादन गरेका रैथाने बालीलाई खाद्यन्नको रुपमा प्रयोग गर्नुपर्ने कुरामा जोड दिँदै सबैको सहकार्यबाट नैउपभोक्ताको अधिकार संरक्षण गर्न सकिने कुरा बताइन ।
सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले उपभोक्ताको अधिकार संरक्षण गर्न नियमित बजार अनुगमन गरिएको बताए ।उनले कानून विपरीत काम गर्ने , कलोबजारी गर्ने, क्रितिम अभाव सिर्जना गर्ने, गुणस्तर नभएको खाद्यन्न उत्पादन र वितरण गर्नेजोकोहीलाई पनि कानून बमोजिम कारबाही गरिने बताए ।
स्याङ्जा प्रहरी प्रमुख दधिराम न्यौपानेलले सबै उपभोक्ताहरुमा सचेतनाको साथै कानून विपरीत उपभोक्तालाई असर पुग्नेकार्य भएमा प्रहरी र सम्बन्धित निकायमा उजुरी दिएर स्वच्छ व्यवसायिक वातावरण गर्नुपर्ने कुरामा जोड दिए ।
उपभोक्ता मञ्च स्याङ्जाका अध्यक्ष राजेन्द्र मरासिनीले उपभोक्ताहरु आफूले प्रयोग गर्ने सामानहरुको गुणस्तर, मूल्यकोबारेमा सचेत हुनु पर्ने बताए । एकिकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले आफ्नो उपभोग्य अधिकार सुनिश्चितगर्न सर्वप्रथम स्वयं जागरुक हुनुपर्ने भन्दै उनले सेवा दिने निकाय, उद्यमी, व्यवसायीलगायत सबै सरोकारवालालेउपभोक्ताको अधिकारको संरक्षण र सम्मान हुने गरी काम गर्न आग्रह गरे ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साहित्यिक सिर्जना मार्फत् उपभोक्ताको अधिकारबारे आफ्नो प्रस्तुती राखेका थिए । गायन, नृत्य सहित कविता प्रस्तुत गरेका विद्यार्थीहरुलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा उपभोक्ता, व्यापारी, विद्यार्थी र सरोकारवालहरुको उपस्थिति रहेको थियो ।
यसैबीच, कार्यक्रममा उपभोक्ताको हक, हित र सुरक्षाको लागि लामो समयदेखी योगदान दिएको भन्दै उपभोक्ता मञ्चस्याङ्जाका अध्यक्ष राजेन्द्र मरासिनीलाई सम्मानपत्रद्धारा सम्मान गरिएको थियो ।
कार्यक्रम कार्यालयका प्रमुख जीवन पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन कम्प्युटर अपरेटर कृष्णलम्सालले गरेका थिए ।
हरेक वर्ष मार्च १५ लाई विश्व उपभोक्ता अधिकार दिवको रुपमा मनाउने गरिन्छ । सन् १९६२ मा सोहि दिन अमेरिकाकाराष्ट्रपति जोन अफ केनेडीले उपभोक्ता अधिकारको बारेमा अमेरिकी कँग्रेसको सभामा बोलेको दिनको सम्झनामा यो दिवसमनाउँदै आइएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
