प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत स्याङ्जा निर्वाचन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. धनन्जय रेग्मी२९ हजार ७१ मत प्राप्त गरी बिजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत उपेन्द्र प्रसाद गौतमले सबैभन्दा बढी मत प्राप्त गरेकारेग्मीलाई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको घोषणा गरेका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वि नेपाली काँग्रेसका उम्मेद्वार भरतराज ढकालले १८ हजार ८ सय ५७ मत प्राप्त गरे । यस्तै, नेकपाएमालेका उम्मेद्वार मीन प्रसाद गुरुङले १६ हजार ८ सय ४ र नेपाली कम्युनिष्ट पार्टीका शैलेन्द्र घिमिरेले १ हजार ५ सय ५२ मतप्राप्त गरे ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
