प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बिहिबार मतदान कार्य सम्पन्न भएको छ । जसमा स्याङ्जामा ४५ प्रतिशत मतखसेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो । यसपालि स्याङ्जामा अपेक्षाअनुसार मतदाताको उत्साह भने देखिएन् ।
जिल्लाभरका मतदान केन्द्रमा सुरक्षाको कडा व्यवस्था मिलाइए पनि अधिकांश स्थानमा मतदाताको उपस्थिति मध्यम रहेकोथियो । बिहानको समयमा मतदान केन्द्रहरूमा कम चहलपहल देखिएको भए पनि दिउँसोपछि केही स्थानमा मतदाताकोउपस्थिति बढेको थियो ।
निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई मतदान केन्द्र तथाआसपासका क्षेत्रमा परिचालन गरिएको थियो ।
मतदान सम्पन्न भएसँगै अब मतपेटिका संकलन गरी सुरक्षित रूपमा मतगणना स्थलमा ल्याउने काम भईरहेको र राति १० बजेसम्म सबै मतदान केन्द्रको मतपेटिका मतगणना स्थल ल्याइ सकिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
मतपेटिका मतगणना स्थल ल्याइसकेपछि आजै सर्वदलिय वैठकपछि सहमति जुटेमा मतगणना हुने बुझिएको छ । यसपालिको निर्वाचनमा पनि जिल्लामा क्रियापुत्रीले पनि मतदान गरेका थिए । कति जनाले गरे भन्ने एकिन विवरण आईसकेको छैन ।
स्याङ्जामा सुरक्षा संवेदनशीलताको मूल्यांकनका आधारमा ५६ केन्द्रलाई अतिसंवेदनशील, ७१ लाई संवेदनशील र ७२केन्द्रलाई सामान्य श्रेणीमा राखिएको थियो । प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको यहाँ कुल २ लाख ४८ हजारभन्दा बढीमतदाता छन् । जसमा महिला मतदाताको संख्या पुरुषभन्दा केही बढी छ । यहाँ १ लाख २२ हजार ४६४ पुरुष, १ लाख २६हजार ३५१ महिला र एक जना अन्य लिङ्गका मतदाता रहेका छन् ।
निर्वाचनमा विभिन्न राजनीतिक दलका उम्मेदवारसहित तीन स्वतन्त्र गरी २४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । स्याङ्जाजिल्ला अन्तर्गत क्षेत्र नम्बर १ मा एक जना स्वतन्त्र उम्मेदवारसहित ११ राजनीतिक दलका गरी कुल १२ जना उम्मेदवार चुनावीमैदानमा उत्रिएका छन् । त्यसैगरी, क्षेत्र नम्बर २ मा दुई जना स्वतन्त्रसहित कुल १२ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
