मतदातामाझ भ्रमको खेति गर्दै नेकपा एमाले स्याङ्जा, मौन अवधिमा सामाजिक सँजालको चरम दुरुपयोग
भ्रममा नपर्न मतदातामाझ काँग्रेस उम्मेद्वार ढकालको अपिल
स्याङ्जा एमालेले यहि फागुन २१ मा सम्पन्न हुन गईरहेको प्रतिनिधि सभाको निर्वाचनको मौन अवधिमा सामाजिक सँजालको दुरुपयोग गर्दै मतदातामाझ भ्रमको खेति गरेको छ । गएराति १२ बजेपछि शुरु भएको मौन अवधिमा ‘नेकपा एमाले स्याङ्जा क्षेत्रनं.–१ जिताउ अभियान’ मार्फत भ्रम सृजना गर्न खोजिएको छ । उक्त पेजमा ‘नेपाली काँग्रेसका उम्मेदवार भरतराज ढकाललेमिनप्रसाद गुरुङ्लाई सहयोग गर्ने भनि व्यक्त गर्नु भएकोमा हार्दिक आभार व्यक्त गर्दछौं । साथै सम्पूर्ण स्याङ्जाबासी दाजुभाइतथा दिदीबहिनिहरुलाई यसपटक प्रत्यक्षतर्फ सूर्यमा र समानुपातिकतर्फ रुखमा मतदान गर्न अनुरोध गर्नु भएकोमा विशेषधन्यवाद’ लेखिएको छ ।
निर्वाचन जस्तो पवित्र र गम्भिर विषयमा नेकपा एमाले स्याङ्जाका नाममा भएको सामाजिक सञ्जाल दुरुपयोगलाई नेपालीकाँग्रेस स्याङ्जाले अक्षम्य अपराध गरेको जनाएको छ । खुल्ला र लोकतान्त्रिक प्रक्रियाबाट आफ्ना अभिमत राख्दै मतदाताकोमन जितेर मत पाउने विधिलाई एमाले स्याङ्जाले तिलाञ्जली दिएको काँग्रेसको निष्कर्ष छ ।
नेपाली काँग्रेस स्याङ्जाका सभापति राजु थापाले नेकपा एमाले स्याङ्जाको नाममा गरिएको सामाजिक सञ्जालदुरुपयोगप्रति घोर भर्त्सना गरेका छन | सभापति थापाले भने, ‘काँग्रेसले लोकतान्त्रिक विधिलाई आत्मसाथ गर्दै खुल्लाप्रतिस्पर्धामा उत्रिएको बेला यस्ता हर्कतले मतदातामा भ्रम सृजना गर्न खोजिएको छ ।’ मतदाताप्रति विश्वास गर्न नसक्ने एमालेस्याङ्जाको गतिविधि हारको मानसिकताबाट ग्रसित भएको सभापति थापाले बताए । नेकपा एमाले स्याङ्जा क्षेत्र नं. १ जिताउअभियान पेजबाट मतदातालाई भ्रम छर्ने काम भएपछि नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नम्बर १ का उम्मेदवार भरतराज ढकालकोसचिवालयले आचारसंहिता अनुगमन जिल्लास्थित कार्यालयमा उजुरी दर्ता गराएको छ ।
सामाजिक सञ्जाल फेशबुक पेजबाट भएको भ्रम छर्ने कामलाई नेपाली काँग्रेस स्याङ्जाका उम्मेदवार भरतराज ढकाललेघृणित कार्यको संज्ञा दिएका छन् । सामाजिक सञ्जाल दुरुपयोगलाई ध्यान नदिएर प्रत्यक्ष र समानुपातिक दुबैतर्फ काँग्रेसकोरुख चिन्हमा मतदान गर्न स्याङ्जा क्षेत्र नं.–१ का सबै मतदातालाई उम्मेदवार ढकालले आग्रह गरेका छन् । मौन अवधिमा सामाजिक सँजाल मार्फत भएको यो भ्रमको खेतिबारे नेकपा एमालेका उम्मेदवार मिनप्रसाद गुरुङ्ले भने यो बारेमा आफूजानकार नरहेको बताए ।
निर्वाचन आयोगले मौन अवधिमा उम्मेदवार वा दलको पक्ष–विपक्षमा प्रचार–प्रसार गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ । मतदान हुनुभन्दा करिब ४८ घण्टा अघि सुरु हुने यो अवधिमा प्रचारात्मक सामग्री पोस्ट गर्नु,मतदातालाई प्रभावित पार्ने स्टाटस, भिडियो वा सन्देश राख्नु, झुटा वा भ्रामक सूचना फैलाउनु यी कार्यहरू निषेधित मानिन्छन् । यसका साथै, यदि फेसबुकजस्ता माध्यमबाट भ्रामक, झुटा वा द्वेषपूर्ण सूचना फैलाइएमा, विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत पनि कारबाही हुने व्यवस्था छ । विशेषगरी साइबर अपराध वा गलत सूचना फैलाउने सन्दर्भमा जरिवाना, उम्मेदवारी खारेज (निर्वाचन सम्बन्धीगम्भीर उल्लङ्घन भएमा)र कानुनी कारबाही वा जेल सजाय (गम्भीर साइबर अपराधको हकमा) लगायतका प्रचलित कानुन बमोजिम सम्भावित कारबाही हुन सक्ने व्यवस्था कानुनमा उल्लेख छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
