स्याङ्जाका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

जिल्लाका सबै मतदानस्थलका मतदान केन्द्रमा कर्मचारी, सुरक्षाकर्मी तथा आवश्यक सामग्री पुगेसँगै स्याङ्जामा फागुन २१गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी सकिएको छ । निर्वाचन सामग्री सोमबार नै मतदान स्थलमा पुराइसकिएको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयले मतदान अधिकृतहरूलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरी नियुक्तिपत्र वितरण गरेपछिसामग्री हस्तान्तरण गरेको हो । जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाले मतदान केन्द्रमा खटिनेकर्मचारीलाई चरणबद्ध रूपमा सामग्री बुझाइएको जानकारी दिए उनले कुल ५१ प्रकारका सामग्री तयार पारेर सम्बन्धितमतदान अधिकृतमार्फत केन्द्रसम्म पठाइएको बताए |दूरदराजका मतदान केन्द्रलाई प्राथमिकतामा राखेर सामग्री वितरणगरिएको हो अब सबै केन्द्रमा तयारी लगभग पूरा भइसकेको ,” उनले भने

Advertisement

जिल्लामा रहेका दुई निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर का मतदान केन्द्रका लागि आवश्यक सामग्री निर्वाचन कार्यालयमार्फतउपलब्ध गराइएको हो भने क्षेत्र नम्बर अन्तर्गतका केन्द्रका कर्मचारीले सम्बन्धित क्षेत्रीय निर्वाचन अधिकृतको कार्यालयबाटसामग्री बुझिसकेका छन् मतपत्रसमेत सुरक्षित तरिकाले सम्बन्धित केन्द्रमा पठाइएको जनाइएको

मतदानस्थलमा पुगेपछि कर्मचारीहरूले सूचना टाँस्ने, आसपासका प्रचार सामग्री हटाउने, आचारसंहिता पालना भए/नभएकोअनुगमन गर्ने मतदानस्थल व्यवस्थित बनाउने काम अघि बढाएका छन् । निर्वाचनका लागि मतदाता नामावली, स्वस्तिकछाप, मतपेटिका, मतपत्र, स्ट्याम्प प्याड, मसी, सिल, स्टिकर, रबर म्याट, कपडा, कैँची, निर्देशिका, कागज, सियोधागोलगायतका सामग्री समयमै पठाइएको जिल्लाभर तीन सयभन्दा बढी मतदान अधिकृत सहायक मतदान अधिकृतसहितकरिब दुई हजार कर्मचारी परिचालन भएका छन्

मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले निर्वाचनलाई स्वच्छ, निष्पक्ष भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यकसम्पूर्ण व्यवस्था मिलाइसकिएको जानकारी दिए उनका अनुसार मतदान अधिकृत, सहायक कर्मचारी, मतपेटिका मतपत्रसहितका सामग्री सम्बन्धित केन्द्रमा सुरक्षित रूपमा राखिएको

जिल्लाभर १९९ मतदानस्थलअन्तर्गत ३२२ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला कारागारलाई अस्थायी मतदान केन्द्रकारूपमा तोकिएको प्रत्येक केन्द्रमा मतदान अधिकृतसहित आवश्यक कर्मचारी तथा सुरक्षाकर्मी परिचालन गरिएको मतदातालाई सहज वातावरणमा मतदान गर्न सक्ने गरी आधारभूत पूर्वाधारसमेत तयार गरिएको निर्वाचन कार्यालयलेजनाएको

जिल्लामा सुरक्षा संवेदनशीलताको मूल्यांकनका आधारमा ५६ केन्द्रलाई अतिसंवेदनशील, ७१ लाई संवेदनशील ७२केन्द्रलाई सामान्य श्रेणीमा राखिएको । स्याङ्जामा प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र कायम छन् जिल्लामा कुल लाख ४८ हजारभन्दा बढी मतदाता छन्, जसमा महिला मतदाताको संख्या पुरुषभन्दा केही बढी यहाँ लाख २२ हजार४६४ पुरुष, लाख २६ हजार ३५१ महिला एक जना अन्य लिङ्गका मतदाता रहेका छन्

निर्वाचनमा विभिन्न राजनीतिक दलका उम्मेदवारसहित तीन स्वतन्त्र गरी २४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् स्याङ्जाजिल्ला अन्तर्गत क्षेत्र नम्बर मा एक जना स्वतन्त्र उम्मेदवारसहित ११ राजनीतिक दलका गरी कुल १२ जना उम्मेदवार चुनावीमैदानमा उत्रिएका छन् त्यसैगरी, क्षेत्र नम्बर मा दुई जना स्वतन्त्रसहित कुल १२ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ

निर्वाचनका दिन शान्ति सुरक्षालाई प्राथमिकतामा राखिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जा र जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार सुरक्षाका सबै प्रबन्ध गरिएकाले शान्तिपुर्ण तरिकाले ढुक्क भएर सबै मतदाताहरुले मतदान गर्न सक्नेछन

More News last news
Loading...