निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाऔ : जिल्ला प्रशासन कार्यालय स्याङ्जा

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी स्याङजामा अन्तिम चरणमा पुगेका बेला निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सुरक्षा तथा व्यवस्थापनका सबैतयारी पूरा गरेको जनाएको

निर्वाचनमा होमिएका उम्मेदवार, मतदाता, मतदान कर्मचारी मतदान सामाग्रीको सुरक्षा सुनिश्चित गर्न आवश्यक व्यवस्थामिलाइएको जिल्ला प्रशासन स्याङ्जाले जनाएको छ । प्रचलित कानून निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दैनिर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन जिल्लामा क्रियाशील राजनीतिक दल, उम्मेदवार, कर्मचारी, मतदाता, निजीतथा गैरसरकारी क्षेत्र, सञ्चारकर्मी नागरिक समाजलाई सहयोगका लागि अनुरोध गरिएको

Advertisement

यसैबीच, जिल्ला प्रशासन स्याङ्जाले पहाडी जिल्लामा निर्वाचनको पूर्वसन्ध्यामा रेको फागु पूर्णिमा अर्थात् होलीको अवसरमासम्पूर्ण स्याङजाबासीमा शुभकामना व्यक्त गर्दै परम्परा संस्कृतिअनुसार मर्यादित तथा अनुशासित रूपमा पर्व मनाउन अपिल गरेको

कसैको इच्छा विपरीत रंग लगाउने, मादक पदार्थ सेवन गरी सार्वजनिक स्थलमा होहल्ला गर्ने, झैझगडा वा भिडभाडजन्यगतिविधि गर्ने जस्ता कार्य नगर्न प्रशासनले चेतावनी दिएको साथै धार्मिक तथा राजनीतिक सद्भावमा असर पर्ने कुनै पनिगतिविधि नगर्न आसन्न निर्वाचनको वातावरणमा खलल नपुर्‍याउन सबैलाई सचेत गराइएको सहायक प्रमुख जिल्लाअधिकारी प्रेम सुवेदीले बताए

यो समयमा निर्वाचन प्रचारप्रसार कार्यक्रम सञ्चालन गर्दा पनि सद्भाव कायम रहने गरी कार्यक्रम गर्न राजनीतिक दल तथाउम्मेदवारहरूलाई प्रशासनले विशेष आग्रह गरेको । उल्लेखित विषय तथा प्रचलित कानूनको उल्लंघन भएको पाइएमाकानून बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको

More News last news
Loading...