स्याङ्जामा विविध कार्यक्रम गरि ४४ औं मगर एकता दिवस मनाइएको छ । ४४ औं मगर संघ स्थापना दिवस एवम् मगर एकता दिवस २०८२ को अवसरमा शुक्रवार स्याङ्जाको पुतलीबजार नगरपालिका १० राङ्खोला स्थित राङ्खोला मगर समाज भवनमा शुभकामना आदानप्रदान एवम् विविध सास्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल मगर संघ पुतलीबजार नगरसमिती र नेपाल मगर महिला संघ जिल्ला कार्यसमितिको संयुक्त आयोजनामा भएको कार्यक्रमको उद्घाटन ज्येष्ठ नागरिक तथा समाजसेवी सुवेदार इन्द्र बहादुर राना मगरले गरेका थिए ।
कार्यक्रममा नेपाल मगर संघ स्याङ्जा जिल्ला समन्वय समिति सदस्य नेम राना, मगर संघ जिल्ला कार्यसमिति सदस्यचन्द्रकला राना, नेपाल मगर संघ पुतलीबजार नगर समिति पुर्व अध्यक्ष लिल बहादुर राना मगर, मगर संघ बाड्खोला इकाइ समिति अध्यक्ष भरत कुमार राना लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै मगर समुदायको ऎतिहासिक भाषा, धार्मिक एवम् विशेष महत्वका रुपमा रहेका सास्कृतिक रहनसहन, भेषभुषा लगायतका विशिष्ट पहिचानहरुलाई संरक्षण गर्दै सबैमा परिचितगराउन आवश्यक रहेको कुरामा जोड दिएका थिए ।
कार्यक्रम पुर्व मगर भेषभुषा, नृत्य, झाकी एवम् र्याली सहित राङ्खोला बजार परिक्रमा गरिएको मगर संघ जिल्ला सदस्यरानाले जानकारी दिइन ।
नेपाल मगर संघ पुतलीबजार नगर समिति अध्यक्ष भिम बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष इन्द्र बहादुर थापाले स्वागत, राङ्खोला मगर समाज अध्यक्ष गङ्गा थापाले धन्यवाद एवम् नेपाल मगर संघ पुतलीबजार नगर समिति सचिव ढक बहादुर राना मगरले सञ्चालन गरेका थिए ।
हरेक वर्ष फाल्गुन १५ मा मगर समुदायले मगर एकता दिवस मनाउने गर्दछ । मगर समुदाय नेपालका पुराना आदिवासीजनजाति मध्ये एक हो। इतिहासमा राज्य निर्माण, सैनिक परम्परा (विशेषतः ब्रिटिश र भारतीय गोर्खा सेनामा मगरहरूको भूमिका) र सांस्कृतिक योगदान महत्त्वपूर्ण रहेको छ। आफ्नो भाषा, भेषभूषा, संस्कृति र परम्पराको संरक्षण तथा अधिकार सुनिश्चित गर्न मगर संघको स्थापना भएको दिनको सम्झनामा यो दिवस मनाइन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
