हरिहर मन्दिरमा श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञ हुने

स्याङ्जाको पुतलीबजार वडा न ५ र ७ मा पर्ने हरिहर मन्दिरमा श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । हरिहर भगवान मुर्ति प्राण प्रतिष्णा गर्ने, बृह्त आध्यात्मिक तथा पर्यटकीय धाम निर्माणका साथै ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना गर्ने महान सँकल्पका साथ यहि चैत्र ११ देखि १८ गतेसम्म श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञ एवम् हरिहर भगवान मुर्ति प्राण प्रतिष्णा समारोह हुन लागेको हरिहर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवम् महायज्ञ मुल आयोजक समितिका सँयोजक लोकनाथ रेग्मीले जानकारी दिए ।

महायज्ञ मुल समारोह समिति, हरिहर मन्दिर एवम् नमुना पर्यटकिय धाम साथै ज्येष्ठ नागरिक मिलन केन्द्र महाअभियानको मुख्य आयोजनामा हुन लागेको सो महायज्ञमा भागवत भाष्कर गुरुदेव कमलनयन गौतमको मुखार विन्दुबाट कथा वाचक हुने आयोजकले जनाएको छ ।

Advertisement

महायज्ञ चैत्र ११ देखि १८ सम्म चल्ने भएतापनि प्राण प्रतिष्ठा कार्यक्रम भने ११ देखि १३ सम्म गरिनेछ । महायज्ञमा समग्र स्याङ्जा जिल्ला  लगायत, छिमेकी जिल्लाहरु कास्कि, पर्वत, तनहुसम्मका श्रद्दालु भक्तजनहरुले दर्शन तथा अवलोकन गर्न आउने आयोजकको विश्वास छ । सोहि अनुसार तयारी कार्य तिव्र पारिएको समेत अध्यक्ष रेग्मीले बताएका छन् ।

More News last news
Loading...