स्याङ्जा १ रास्वपा उम्मेद्वार रेग्मीको वाचा : गुणात्मक कानुन निर्माण गर्ने, स्याङ्जालाई सुन्तला हब बनाउने
स्याङ्जा निर्वाचन क्षेत्र न १ बाट रास्वपा उम्मेद्वार बनेका डा. धनन्जय रेग्मीले आफ्नो चुनावी वाचापत्र वाचापत्र सार्वजनिक गरेका छन ।
उनले सार्वजनिक गरेको वाचापत्रमा जीवन्त सँसद, गुणात्मक कानुन सिद्दार्थ राजमार्गको विस्तार, स्तरोन्नति तथा दिर्घकालिनसुधारलाई पहिलो प्राथमिकतामा राखिने उल्लेख छ ।
यस्तै, सिँचाईमा कार्य गर्ने, डिजिटल पहुँच तर्फ फोर जि इन्टरनेट सेवा पुर्याउने, नेटवर्क विस्तार गर्ने लगायतका योजना रेग्मीको छ । शिक्षामा नीतिगत र विधायाकि भुमिका सँगै सिपमुलक र व्यवहारिक प्राविधिक शिक्षामा जोड दिने, प्लस टु पछि रोजगारीकालागि विशेष पहल गर्ने लगायतका बुदाँ रेग्मीको वाचापत्रमा समावेश छन् ।
उनको वाचापत्रमा प्राथमिक स्वास्थ्य सुधार, एक पालिका, एक आयुर्वेद अस्पताल निर्माणका लागि नीतिगतपहल,नागरिकको घरघरमा शुद्द खानेपानीको पहुँच, सामाजिक सुरक्षालाई उच्च प्राथमिकता दिने सार्वजनिक वाचापत्रमाउल्लेख छ ।यसैगरी, कृषिमा आधुनिकिकरण, व्यवसायिक र नाफामुखि बनाउन नेतृत्वदायि भुमिका खेल्ने सो वाचापत्रमा छ भनेरोजगारितर्फ बास, लाइमस्टोन, डोलोमाइट, स्लेटमा आधारित साना तथा मझौला उद्योग स्थापना गरि स्थानिय स्तरमा हजारौयुवालाई स्वरोजगार बनाउने पनि रास्वपा उम्मेद्वार रेग्मीले आफ्नो चुनावी वाचापत्रमा उल्लेख गरेका छन ।
यस्तै, स्याङ्जालाई राष्टिय स्तरमै सुन्तला उत्पादनको हबका रुपमा विकास गर्ने लगायतका वाचा पनि उनले गरेका छन ।स्याङ्जालाई पर्यटन र सस्कृतिसँग जोड्ने लगायतका महत्वाकाँक्षी योजना समेटेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
