काङ्ग्रेसमा युवा प्रवेशको लहर : दर्जन बढि युवाहरु अन्य पार्टि परित्याग गरि काङ्ग्रेस प्रवेश

स्याङ्जामा अन्य विभिन्न राजनैतिक दलसँग आबद्ध युवाहरु नेपाली काङ्ग्रेसमा प्रबेश गरेका छन्। स्याङ्जा सदरमुकामस्थितपुतलीबजार नगरपालिका–१३ लाम्पाटा, तोरिखोला लगाएतका क्षेत्रका एक दर्जन युवाहरु कांग्रेस प्रबेश गरेका हुन्।

कांग्रेस प्रबेश गरेका युवाहरुले सबै जोड्ने र सबै अट्ने कांग्रेस अन्य पार्टीको तुलनामा लोकतान्त्रिक पार्टी भएको र पार्टीलेअंगिकार गरेको नीतिबाट प्रभावित भएको बताए। पछिल्लो समय देशमा बढ्दै गएको अनैतिक र अराजकताप्रति दुःख व्यक्तगर्दै उनीहरुले कांग्रेस सबै भन्दा जिम्मेवारी पार्टी भएका कारण आफूहरुले कांग्रेस रोजेको सुनाए।

Advertisement

कांग्रेस प्रबेश गरेका विशाल विक, सुनिल विक, अभिशेख विक, सुजन सुनार, समिर विक, सुमन सुनार, दिवस सुनार चदरालगाएतका युवाहरुलाई कांग्रेस स्याङ्जाका सभापति राजु थापा र जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जि.टीलेसदस्यता प्रदान गर्दै स्वागत गरेका थिए।

पार्टी प्रबेश गरेका युवाहरुलाई स्वागत गर्दै स्याङ्जा कांग्रेसका सभापति राजु थापाले लामो समयदेखि अधिकारी प्राप्तीमासमय बिताएको कांग्रेसले पछिल्लो समय आर्थिक विकासमा जोड दिएको जनाए। सभापति थापाले अबका दिनमा कांग्रेसलेपढेका र सिप भएका युवाहरुलाई रोजगारी बनाउँदै आर्थिक अभावमा पठनपाठन बिहीन युवायुवतीलाई स्वरोजगार बनाउनेबताए।

त्यस अवसरमा जिल्ला समन्वय समितिका सदस्य तथा जनजाति संघका नेता नेमबहादुर राना, नेपाली कांग्रेस स्याङ्जाकासह–सचिव धुर्वबन्धु पौडेल, अर्जुनचौपारी गाउँपालिका–५ का वडाध्यक्ष बद्रिप्रसाद पौडेल, नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं. १प्रदेश नंम्बर १ का सभापति धुर्वबिक्रम खाँण, कानून व्यवसायी हरिप्रसाद रेग्मीले कांग्रेस प्रवेश गरेका युवाहरुलाई स्वागतगरेका थिए।

More News last news
Loading...