आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि स्याङ्जामा खटाइयो १ हजार ९ सय ४७ निर्वाचन प्रहरी

आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै स्याङ्जामा सुरक्षाकर्मी परिचालन कार्यलाई तीव्र पार्दै आइएको छ । निर्वाचन प्रहरीलाई पहिलो चरणअन्तर्गत सम्बन्धित कार्यक्षेत्रमा खटाइएको हो ।

जिल्लाका ११ पालिकामा रहेका १९९ मतदान स्थलका ३२२ मतदान केन्द्रमा केन्द्रको संख्या र संवेदनशीलता अनुसार निर्वाचन प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

Advertisement

यहाँका स्थानिय तहहरुमा पुतलीबजारमा २९०, भीरकोटमा १४३, वालिङमा २६९, गल्याङमा २५२, चापाकोटमा १८०, कालीगण्डकीमा १८४, हरिनासमा १४८, बिरुवाामा १३३, अर्जुनचौपारीमा ११७, फेदीखोलामा ९१ र आँधीखोलामा १४० जना निर्वाचन प्रहरी खटाइएको समेत स्याङ्जा प्रहरीले जनाएको छ ।

स्याङ्जामा कुल दुई हजार १२४ जना निर्वाचन प्रहरी आवश्यक पर्नेमा हालसम्म एक हजार ९४७ जना परिचालन गरिएको स्याङ्जा प्रहरी प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

More News last news
Loading...