नेपाली कांग्रेसले संघीय सरकारमा १६ वटा र प्रदेश सरकारमा ६ वटा मन्त्रालयको सीमा तोक्ने प्रस्ताव अघि सारेको छ । बिहिबार चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्दै काङ्ग्रेस सभापति गगनकुमार थापाले यसबारे जानकारी दिए |
‘अब प्रधानमन्त्री २ पटक र मुख्यमन्त्री पनि २ पटकभन्दा धेरै बन्न नपाउने व्यवस्था गरिनेछ,’ उनले भने, ‘संघ सरकारमा १६ वटामन्त्रालय, प्रदेशमा ६ वटा मन्त्रालयको सीमा तोकिनेछ ।अब कसैले पनि गठबन्धन मिलाउनुपर्यो भनेर मन्त्रालय बढाउनपाउँदैन ।’
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
