स्याङ्जामा माध्यमिक तहका विद्यालयका प्रध्यानाध्यापकहरुलाई मनोसामाजिक परामर्श एवम् नेतृत्व विकास सम्बन्धीतालिम प्रदान गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय स्याङ्जाको आयोजना तथा खुमा अर्याल फाउन्डेसन स्याङ्जाको प्राविधिक सहयोगमा स्याङ्जा जिल्लाका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई शैक्षिक गुणस्तरअभिवृद्दीका लागि मनोसामाजिक परामर्श एवम् नेतृत्व विकास सम्बन्धी २ दिन २ चरणमा तालिम प्रदान गरिएको हो ।
पहिलो चरण अन्तर्गत फाल्गुन ४ मा कालीगण्डकी गाउँपालिका, चापाकोट,गल्याङ,भिरकोट र वालिङ नगरपालिका भित्रका प्रअ हरुलाइ पुर्णामृत भवानी मा वि वालिङमा र दोस्रो चरणमा फाल्गुन ५ मा पुतलीवजार नगरपालिका, अर्जुनचौपारी,बिरुवा,हरिनास,फेदिखोला र आधिखोला गाउँपालिकाका प्र अ हरुलाइ शिक्षा विकास तथा समन्वय इकाई कार्यालयमा तालिम दिइएको हो ।
कार्यक्रममा काठमाडौ विश्वविद्यालयका प्रोफेसर डाक्टर चेतनाथ पन्थ र माउन्ट एभरेस्ट विद्यालय पोखराका प्रीन्सिपल तथाखुमा अर्याल फाउन्डेसनका शिक्षा समिती संयोजक युक्त नारायण अर्यालले प्रशिक्षण प्रदान गरेका थिए ।
शिक्षा समन्वय प्रमुख विश्वराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा खुमा अर्याल फाउन्डेसन स्याङ्जाका अध्यक्षलेखनाथ शर्मा, शिक्षा विभाग विज्ञ सदस्य बन्दना लम्साल र कार्यालयका अधिकारीहरुले सहजीकरण गरेका थिए । तालिममाजिल्ला भित्रका १ सय २२ जना माध्यमिक विद्यालयका प्र अ हरुको सहभागीता रहेको थियो ।
कार्यक्रमको समापनमा ११ पालिकाका ११ जना प्र अ हरुले धारणा राख्दै कार्यक्रम अत्यन्तै प्रभाबकारी रहेको र यसलाइ पालिका पालिकामा पुर्याउनुपर्ने धारणा राखे । कार्यक्रममा फाउन्डेसनका अध्यक्ष शर्मा र समन्वय प्रमुख आचार्यले कार्यक्रमतुलनात्मक रूपमा अपेक्षा गरेभन्दा प्रभावकारी रहेको धारणा राखे ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
