स्याङ्जाको पुतलीबजार नगरपालिकामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत प्राविधिक सीपविकासका लागि एक महिने कढाई तालिम सोमबार देखि सुरु भएको छ।
कार्यक्रमको उद्घाटन गर्दै पुतलीबजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मीले सीपमूलक तालिमले महिलाहरू तथालक्षित वर्गलाई आत्मनिर्भर बनाउँदै स्वरोजगार सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे | सो अवसरमा उनले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा रूपान्तरण गरी आयआर्जन वृद्धि गर्न सहभागीहरूलाई आग्रह गरे |
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगाना, प्रशासन शाखा प्रमुख धन प्रसाद कोइराला, वडा नं. ४ का वडाअध्यक्ष शिव बहादुर थापा, उद्यमी महिला संघकी वरिष्ठ उपाध्यक्ष सुनिता पौडेल गौतम लगायतले मन्तव्य राखे | तालिममा पुतलीबजारका २८ जना महिलाहरुको सहभागिता हुनेछ भने तालिममा प्रशिक्षक खेम कुमारी क्षेत्री, लघु उद्यम सहजकर्तामनमाया रानाले प्रशिक्षण प्रदान गर्नेछन् |
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
