यहि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्याङ्जा १ मा स्वतन्त्र उम्मेद्वार बनेका मनोज नेपाली दर्जीले नेपालीकाँग्रेस स्याङ्जा १ का उम्मेद्वार भरतराज ढकाललाई समर्थन गरेका छन् । आफूले उठाउँदै आएका एजेण्डा ढकालले आत्मसाथगरेको भन्दै परियारले समर्थन गरेका हुन् ।
स्याङ्जाको आँधीखोला १ पञ्चमूलमा भएको मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम पश्चात भएको कोणसभामा बोल्दै स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका परियारले काँग्रेसका उम्मेद्वार ढकाललाई समर्थन गरेका थिए । संघीय संसदमा प्रतिनिधित्व गर्नेसंसदले नीति बनाउने हो, नीति बनाउन ढकाल सक्षम भएको भन्दै उनले काँग्रेसका उम्मेद्वारलाई जिताउन आग्रह समेत गरे ।
स्याङ्जा १ का काँग्रेस उम्मेद्वार ढकालले आफ्नो निर्वाचन क्षेत्र स्याङ्जा–१ का हरिनाश, बिरुवा, अर्जुनचौपारी, आँधीखोला, भीरकोट, वालिङ र पुतलीबजार नगरपालिकाका अधिकांश वडाहरुमा मतदातासँग भेटघाट र घरदैलो कार्यक्रम गरेका छन् ।घरदैलो कार्यक्रममा उम्मेद्वार ढकालले स्थानीयलाई उत्पादनसँगै आत्मनिर्भर, पूर्वाधारको विकासबाटै समृद्धि र रोजगारीसृजनाबाट समुन्नत स्याङ्जा निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
