सरकारले गरेको स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकनमा गण्डकी प्रदेशका पालिकाहरुमा कालीगण्डकी गाउँपालिका प्रथम बनेको छ । गण्डकीमा प्रथम बनेको कालीगण्डकी देशभरमा छैटौं स्थानमा परेको हो । प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मुल्याङकनमा ११ वटा स्थानिय तह रहेको स्याङ्जामा कालीगण्डकी प्रदेशमै प्रथम हुन सफल भएको हो ।
सार्वजनिक नतिजाअनुसार कालीगण्डकी गाउँपालिकाले ७८.१९ प्रतिशत अंक ल्याएको छ । जिल्लागत हिसाबले दोस्रोमा वालिङ नगरपालिका र तेस्रोमा फेदिखोला गाउँपालिका बनेका छन् । क्रमश वालिङले ७६.३३ र फेदिखोलाले ७६.०२ प्रतिशत अंक ल्याएका छन् । त्यसैगरी पुतलीबजार नगरपालिकाले ७५.३१, बिरुवा गाउँपालिकाले ७४.६८, आँधीखोला गाउँपालिकाले ७२.८३, अर्जुनचौपारी गाउँपालिकाले ६९.६९ प्रतिशत अंक ल्याएका छन् ।
यसैगरी भीरकोट नगरपालिकाले ६७.२१, गल्याङ नगरपालिकाले ६१.६६, चापाकोट नगरपालिकाले ५१.७० र हरिनास गाउँपालिकाले ४९.२० प्रतिशत अंक प्राप्त गरेको आयोगले सार्वजनिक गरेको नतिजामा उल्लेख छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
