स्याङ्जामा गिद्व संरक्षण सम्बन्धी एकदिने सचेतनामुलक कार्यक्रम सम्पन्न

स्याङ्जामा गिद्व संरक्षण सम्बन्धी एकदिने सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, स्याङ्जाको सभाहलमा बुधबार सम्पन्न भएको कार्यक्रममा लोपन्मुख हुन लागेको कारण र यसको संख्या तथा बासस्थान वृद्धि लगायतका विषयमा चर्चा गरिएको थियो ।

चरा संरक्षण नेपालको आयोजना तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाको समन्वयमा भएको कार्यक्रममा चरा संरक्षण नेपालका एक अधिकारीले गिद्व संरक्षणको विगत र वर्तमान अवस्था साथै भविष्यमा अपनाउनुपर्ने विभिन्न संरक्षणका उपायहरुका बारेमा केही तथ्यमुलक जानकारी राखेका थिए । यस्तै, भेटेरिनरी अस्पताल स्याङ्जाका प्रमुख रुपेश श्रेष्ठले औषधिको प्रयोग तथा यसले गिद्द संरक्षणमा पार्ने प्रभावहरुका बारेमा जानकारी राखेका थिए ।

Advertisement

कार्यक्रममा जिल्ला स्थित विभिन्न कार्यालयहरु वन कार्यालय, सामुदायिक वन उपभोक्ता महासंघ लगायतका अन्य कार्यालयहरुका प्रमुख एवम् प्रतिनिधि, विभिन्न एग्रोभेटका सञ्चालकहरु सहभागी थिए ।

नेपालमा ९ प्रजातीका गिद्वहरु पाइन्छन । नेपालमा चरा संरक्षण नेपालको स्थापना सन १९८२ भएको थियो भने यसले गिद्द संरक्षणमा गिद्व संकट पहिचान तथा अनुसन्धान, डिक्लोफेनाक प्रतिबन्धमा निर्णायक पहल, भल्चर सेफ जोन स्थापना, भल्चर रेस्टुरेन्ट सञ्चालन र प्रजनन र पुन स्थापना लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

More News last news
Loading...