खुमा अर्याल फाउन्डेसन स्याङ्जाका अध्यक्ष लेखनाथ शर्मा नेपाल क्रेट संघको केन्द्रिय उपाध्यक्ष पदमा निर्वाचित भएका छन । शुक्रबार चितवनको भरतपुरमा सम्पन्न केन्द्रिय नेपाल क्रेट उत्पादक संघको साधारण सभा तथा अधिबेशनबाट शर्मा उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन ।
स्याङ्जाको पुतलीबजार नगरपालिका वडा न ३ निवासी शर्मा लामो समयदेखि क्रेट व्यवसाय सञ्चालन गर्दै आएका छन । क्रेट व्यवसायबाटै उनले थुप्रै मानिसहरूलाई रोजगारी समेत दिलाउदै आएका छन । उनि विभिन्न संघ संस्था र सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहदै आएका छन ।
पुर्व शिक्षक तथा स्याङ्जाकै पुतलीबजार ३ मा रहेको पुन्यशिला आधारभुत विद्यालयका पुर्व प्रधानाध्यापक उनि विगत ७ वर्षदेखी खुमा अर्याल फाउन्डेसनमा आबद्ध रहेर सामाजिक कार्यमा सक्रिय छन । फाउन्डेसनले स्याङ्जा जिल्ला भित्र रहेर शिक्षा, स्वास्थ्य, रोजगारी, विपद व्यवस्थापन र खेलकुदमा विभिन्न रचनात्मक कार्यहरू गर्दै आइरहेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
