जन्मदिनको अवसरमा विद्यार्थीलाई गीता वितरण

स्याङ्जाका अशोक गैह्रेले जन्मदिनको अवसरमा भागवत गिता वितरण गरेका छन । गैह्रेले बिहिबार आफ्नो जन्मदिनको अवसरमा पाइनियर्स हाइअर सेकेन्डरी स्कुलमा कक्षा १० मा अध्ययनरत १ सय विद्यार्थीहरूलाई श्रीमद्भगवद्गीता वितरण गरेका हुन ।

गैह्रेले केक काटेर भन्दा फरक र अर्थपूर्ण रूपमा गीता पुस्तक बाँडेर जन्मदिन मनाइएको उनले बताए । उनले ज्ञानको भण्डार गीता पुस्तक बाँडेर जन्मदिन मनाउन पाउँदा खुशी व्यक्त गर्दै यो अवसर प्रदान गरेकोमा विद्यालय परिवारलाई धन्यवाद व्यक्त गरे ।

Advertisement

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मेगराज गैह्रे ले गीता को महत्व, यसको ज्ञान तथा जीवन उपयोगिताका बारेमा जानकारी दिए । गीताले मानिसलाई सही मार्गमा हिँड्न र नैतिक जीवन जिउन सहयोग गर्ने बताए ।

यस्तै, विद्यालयका उपप्रधानाध्यापक केशव राज भट्टराईले गीताले जीवन जिउने कला सिकाउने उल्लेख गर्दै यसरी जन्मदिन मनाइएकोमा खुशी व्यक्त गरे । उनले यस्तो कार्यले विद्यार्थीहरूमा नैतिकताको विकास हुनुका साथै समाजमा सकारात्मक सोच फैलिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा विश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नवराज पौडेलले मानिसले कहिल्यै पनि आफ्नो धर्म, संस्कृति र धरातल बिर्सन नहुने कुरामा जोड दिए । कार्यक्रम विश्व हिन्दु युवा संघ स्याङ्जाको समन्वयमा सम्पन्न भएको थियो ।

More News last news
Loading...