काठमाडौं । नेपाली कांग्रेसले नुवाकोट क्षेत्र नम्बर २ मा जगदीश्वरनरसिंह केसीलाई उम्मेदवार बनाएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।
कांग्रेसले नुवाकोट–२ मा केसीलाई उम्मेदवार बनाएको हो । क्षेत्र नम्बर १ मा भने कांग्रेसले प्रकाशशरण महतलाई उम्मेदवार बनाएको छ । महत देउवा निकट मानिन्छन् ।
नुवाकोट–२ मा अघिल्लो निर्वाचनमा अर्जुन नरसिंह केसी निर्वाचित भएका थिए । अर्जुन यसपटक कांग्रेसको समानुपातिक सूचीमा छन् । उनी खस आर्य पुरुषतर्फको एक नम्बरमा छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
