खुमा फाउन्डेसनको न्यानो पोशाक वितरण अभियान

 

खुमा अर्याल फाउन्डेसन स्याङ्जाले न्यानो पोशाक वितरण अभियानलाई निरन्तर अघि बढाएको छ । यहि अभियान अन्तर्गत कालीगण्डकी गाउँपालिकाका २ वटा विद्यालयका १ सय २० जना विद्यार्थीहरुलाई न्यानो पोशाक वितरण गरिएको हो ।

बुधबार कालीगण्डकी गाउँपालिका वडा न ३ मा रहेको अमरदिप आधारभुत विद्यालयका ६० र वडा न १ को प्युघा माध्यमिक विद्यालयका ५८ गरि कुल १ सय २० जना विद्यार्थीलाई ट्रयाक सुट वितरण गरियो ।

Advertisement

मासिक नियमित शैक्षिक कार्यक्रम अन्तर्गत न्यानो पोशाक वितरण कार्यक्रम अघि बढाइएको फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माले जानकारी दिए । उनले शिक्षा, स्वास्थ्य, खेलकुद र रोजगारीमा विभिन्न रचनात्मक कार्य गर्दै आएको फाउन्डेसनले शिक्षाको कार्यक्रम अन्तर्गत स्याङ्जाका ११ वटै पालिकासंगको समन्वयमा गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई ट्रयाक सुट लगायतका न्यानो कपडा वितरण कार्यक्रम अभियान कै रुपमा अघि बढाइएको बताए ।

अमरदिप आ वि मा भएको कार्यक्रममा विद्यार्थीहरुलाई पोशाक वितरण गर्दै कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले फाउन्डेसनले विभिन्न रचनात्मक र सकारात्मक कार्य गर्दै आइरहेको भन्दै फाउन्डेसनले गर्दै आइरहेका कार्यहरु आफुले नजिकबाट नियालिरहेको बताए ।

यस्तै, प्युघा मा वि मा सम्पन्न कार्यक्रममा वडा न १ का अध्यक्ष कृष्ण बहादुर लामिछाने, फाउन्डेसनका अध्यक्ष शर्मा, गाउँपालिकाका शिक्षा अधिकृत अनिल ढुंगाना, फाउन्डेसन शिक्षा विभाग विज्ञ सदस्य बन्दना लम्साल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

 

 


 

More News last news
Loading...