३ सय ४ औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा विश्व हिन्दु युवा संघ स्याङ्जाले जिल्ला स्तरीय खुला वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । ४ देखि १० कक्षा सम्मका विद्यार्थीहरूका लागि “पृथ्वी नारायण शाहको सपना र आजको पुस्ता” भन्ने शिर्षकमा यहि पुस २७ गते सो प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष नवराज पौडेलले जानकारी दिए ।
स्याङ्जाको पुतलीबजार नगरपालिका १४ स्थित पाणिनी आश्रम तथा संस्कृत गुरुकुलममा हुने प्रतियोगिताको सह–आयोजकमा जय सनातन अभियान नेपाल रहेको छ भने पाणिनी आश्रम तथा संस्कृत गुरुकुलमले कार्यक्रमको व्यवस्थापन गर्ने जनाइएको छ ।
प्रतियोगितामा प्रत्येक विद्यालयबाट एक जना विद्यार्थी मात्र सहभागी हुन पाउनेछन् बाने सहभागी विद्यार्थीले आफ्नो विद्यालयको आधिकारिक पत्र अनिवार्य रूपमा ल्याउनुपर्ने नियम राखिएको छ । वक्तृत्वकला प्रस्तुत गर्ने समय सीमा पनि ७ मिनेट निर्धारण गरिएको छ । प्रतियोगिताका विजेता तथा उपविजेताहरुलाई आकर्षक पुरस्कारको व्यवस्था समेत गरिएको अध्यक्ष पौडेलले बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
