अर्जुनचौपारीमा ६१ जना मोतियाबिन्दु भएका बिरामीहरुको निशुल्क शल्यक्रिया

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा मोतियाबिन्दु भएका बिरामीहरुको निशुल्क शल्यक्रिया गरिएको छ । यहाँका ६१ जना मोतियाबिन्दु भएका बिरामीहरुको निशुल्क शल्यक्रिया गरिएको अर्जुनचौपारी गाउँपालिका अध्यक्षको सचिवालयले जनाएको छ ।

गाउँपालिकाको आयोजना तथा हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा यहि पौष ७, ८ र ९ गते सञ्चालन गरिएको आँखा जाँच शिविरबाट पहिचान भएका मोतियाबिन्दुका बिरामीहरूको निशुल्क शल्यक्रिया गरिएको हो ।

Advertisement

निशुल्क शल्यक्रिया यहि पुस १५ र १६ गते अर्जुनचौपारी गाउँपालिका वडा न २ स्थित लामडाँडा तमु समाज भवनमा भएको हो । यसअघि भएको आँखा जाँच शिविरमा ५ सय ७३ जनाले सेवा लिएका थिए ।

More News last news
Loading...