स्याङ्जाको पुतलीबजार १ का नवयुवाहरु सामाजिक कर्ममा जुटेका छन । पुतलीबजार १ अभियानपथको AP-75 क्लवका नव युवा जेन जिहरुले पुतलीबजार १४ मा रहेको पाणिनी आश्रम तथा पाणिनि संस्कृत गुरूकुलममा मंगलबार एक कार्यक्रम गरि न्यानो कपडा वितरण गरेका हुन ।
उनीहरुले यहाँ अध्ययनरत बटुकहरूको लागि जाडो मौसमलाई मध्यनजर गर्दै १२ वटा न्यानो फाईबरको सिरक र २४ वटा न्यानो टोपी उपलब्ध गराएर सामाजिक सत्कर्म गरेको आश्रमका महासचिव रविन्द्र के सि ले बताए । सो आश्रममा अहिले गुरु र शिष्य गरि २४ जना बस्दै आएका छन ।
आफुहरु समाजप्रति आफ्नो जिम्मेवारी र भुमिका रहनुपर्ने भन्दै सामाजिक कर्ममा लागेको नव युवा तथा क्लबका अध्यक्ष प्रसन्न पाण्डेले जानकारी दिए । सो क्लबले सामाजिक कर्मको अभियान नै चलाएको छ । पुतलीबजार १ अभियानपथबाट स्थापित क्लबले नाम जस्तै विभिन्न रचनात्मक कार्य गर्दै आएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
