नागरिकको सहारा बन्दै पुतलीबजार नगरपालिका
पुतलीबजारले मेयर संग विपन्न परिवार नाना, खाना र छाना कार्यक्रमलाई निरन्तरता दिदै आएको छ ।
स्याङ्जाको पुतलीबजार नगरपालिका नागरिकको सहारा बनेको छ ।
नगरले मेयरसंग विपन्न परिवार नाना, खाना, छाना कार्यक्रम अन्तर्गत वडा न ८ का विपन्न परिवारकी गुडु नेपालीलाई सुत्केरी स्याहार सुसारका लागि आवश्यक सहयोग सामग्री उपलब्ध गराएको नगर प्रमुख तुलसीराम रेग्मीले जानकारी दिए ।
नगर प्रमुख रेग्मीले सोमबार हाल सुत्केरी अवस्थामा रहेकी नेपालीलाई उनका आफन्ती तारा माया नेपाली मार्फत आवश्यक सहयोग उपलब्ध गराएका हुन ।
पुतलीबजारले मेयर संग विपन्न परिवार नाना, खाना र छाना कार्यक्रमलाई निरन्तरता दिदै आएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
