लागुपदार्थ दुर्व्यसन विरुद्धको सचेतना अभियानमा पुतलीबजार नगरपालिका

पुतलीबजार नगरपालिका वडा न १३ स्थित पिपलडाँडा सामुदायिक सिकाइ केन्द्रको आयोजना तथा पुतलीबजार नगरपालिकाको सहयोगमा आइतबार विद्यार्थी, अभिभावक तथा युवाहरूका लागि लागूपदार्थ दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रम सञ्चालन भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै पुतलीबजार नगरपालिकाका नगर प्रमुख तुलसी राम रेग्मीले सभ्य समाज निर्माणका लागि दुर्व्यसनमुक्त समाज अपरिहार्य रहेको उल्लेख गरे । उनले यो उद्देश्य प्राप्तिका लागि युवा, अभिभावक, विद्यार्थी, शिक्षक तथा सम्पूर्ण सरोकारवालाहरूको प्रतिबद्धता र आपसी सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

Advertisement

कार्यक्रममा वडा न १३ का वडा अध्यक्ष जुद्ध बहादुर थापा, नगर शिक्षा अधिकारी बाबुराम बराल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा पुतलीबजार १३ का विभिन्न विद्यालयका विद्यार्थी, अभिभावक र स्थानिय बासिन्दाहरुको उल्लेखनीय सहभागिता रहेको पुतलीबजार नगर प्रमुखको सचिवालयले जनाएको छ ।

More News last news
Loading...