पुतलीबजारका दुई महिला समुहले सिकाए नौलो पाठ : देउसी भैलोको पैसा गुरुकुलमलाई

स्याङ्जाको पुतलीबजारका दुई महिला समुहले देउसी भैलोबाट संकलित रकमबाट नयाँ पाठ सिकाएका छन । वनभोज र अन्य फजुल रुपमा खर्च गर्ने सस्कार हाबी हुँदै गएको बेला ती महिला समुहहरुले नविनतम पाठ समाजलाई सिकाएका छ्न ।

यस्तो कार्य गर्नेमा पुतलीबजार नगरपालिका ३ मा रहेको सुर्योदय महिला क्लब र पुतलीबजारको १ मा रहेको माइस्थान-ठाडोलाईन महिला समूह रहेका छन । उनिहरुले शनिबार पुतलीबजार १४ मा रहेको पाणिनि आश्रम तथा संस्कृत गुरूकुलममा आर्थिक सहित खाद्यान्न सामग्री सहयोग गरेका हुन ।

Advertisement

देउसी भैलोमा प्राप्त दक्षिणाबाट सूर्योदय महिला क्लबले नगद २० हजार ५ सय ५५ रुपियाँ प्रदान गरेको सुरुकुलमका सचिव रविन्द्र के सि ले जानकारी दिए । यस्तै, माईस्थान-ठाडोलाईन महिला समूहले १५ हजार रुपियाँ बराबरको खाद्यान्न सहयोग गरेको हो ।

More News last news
Loading...