स्ववियु त्रि आ बहुमुखीद्वारा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन आदर्श बहुमुखी क्याम्पसको आयोजनामा आयोजित हाजिरीजवाफ प्रतियोगीतामा रोजी बेगम, कबिर मिया, रेखा सुनारको समुहले प्रथम स्थान हासिल गरेको छ । सो क्याम्पसका ७ वटा टिम सहभागी भएकोमा सो टिम प्रथम भएको स्ववियु सभापति देवदत्त सुवेदी गोपिले जानकारी दिए ।

त्रिभुवन आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा आयोजित हाजिरीजवाफ प्रतियोगीतामा रोजी बेगम, कबिर मिया, रेखा सुनारको समुहले प्रथम स्थान हासिल गरेको छ । सो क्याम्पसका ७ वटा टिम सहभागी भएकोमा सो टिम प्रथम भएको स्ववियु सभापति देवदत्त सुवेदी गोपिले जानकारी दिए ।

सो प्रतियोगितामा बोल्दै क्याम्पसका पुर्व स्ववियु सभापति एवम् नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य सुनिल बाबू चापागाईंले रचनात्मक प्रतियोगिताले विद्यार्थीहरुको सिर्जनात्मक कला र क्षमतामा निखारता ल्याउने बताए । प्रमाणपत्र प्रदान गर्दै विजेता टिमलाई उनले बधाई तथा शुभकामना व्यक्त गरे । सो क्रममा उनले यस प्रतियोगिताको आयोजना गरेर विद्यार्थीहरुको सिर्जनशीलता वृद्धि गर्नमा महत्त्वपूर्ण भुमिका खेलेको प्रति सिङ्गो स्ववियुको प्रशंसा गरे ।

Advertisement

कार्यक्रममा क्याम्पस प्रमुख अर्जुन बन्धु अर्याल, नेपाली काङ्ग्रेस स्याङ्जा १ का सदस्य सौजन गुरुङ, नेपाल विद्यार्थी संघ स्याङ्जाका कोषाध्यक्ष सुजिल श्रेष्ठ, नेपाल विद्यार्थी संघ स्याङ्जा १ का सभापति महादेव क्षेत्री लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

स्ववियु सभापति सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति प्रसन्न पाण्डेले स्वागत एवम् सचिव अशिम भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

More News last news
Loading...