गोङ्गबुँ आवास क्षेत्र सुधार समितिको १७ औं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौ । गोङ्गबुँ आवास क्षेत्र सुधार समितिको १७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

काठमाडौं महानगरपालिका वडा नं २६ का वडा अध्यक्ष ख्यामराज तिवारीको प्रमुख आतिथ्यतामा शनिवार काठमाडौंको टाउन प्लानिङमा रहेको आवासको आफ्नै भवनमा साधारण सभा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिवारीले यो आवास क्षेत्रको छुट्टै बिशेषता रहेको भन्दै वडाका तर्फबाट आवासका लागि गर्ने भौतिक बिकास, सामाजिक कुराहरूमा पनि सहकार्य गरिराखेको र आवास आगामी दिनमा थप सहकार्य गर्ने बताए ।

Advertisement

कार्यक्रममा वडा न. २६ का वडा सचिव केदार रिमाल, सुधार समितिका पुर्व अध्यक्ष हर्क बहादुर क्षेत्री, संस्थापक अध्यक्ष हरि कर्माचार्य र उपाध्यक्ष रोशन कुमार श्रेष्ठ लगायतले गोङ्गबुँ आवास क्षेत्र सुधार समितिको प्रशंसा गरेका थिए । कार्यक्रममा समितिका अध्यक्ष पाण्डव कुमार श्रेष्ठले सबेै संघ संस्थाको साथ, सहयोगले सुधार समितिले सफलता चुम्न सफल भएको बताए ।

साधारण सभा अन्तर्गत आजै भएको बन्द सत्रमा समितिका सदस्यहरुबीच महत्वपूर्ण छलफल हुनुका भावी दिनमा संस्थालाई कसरी चुस्त बनाउने लगायतका बिषय साथै विभिन्न प्रतिवेदनहरु सर्वसम्मत् पारित गरिएको संस्थाका महासचिव तिल बहादुर अधिकारीले जानकारी दिए ।

समितिमा हाल करिब ५ सय घरपरिवारका सदस्यहरु समावेश भएका छन् । समितिको सक्रियतामा यस क्षेत्रमा डिजिटल ठेगाना प्रणाली समेत जडान गर्ने कार्य समेत अगाडी बढिसकेको छ ।

More News last news
Loading...