स्याङ्जा-१ बाट युवा नेता क्षेत्रीसहित ११ जना सिफारिस

स्याङ्जा । नेपाली कांग्रेसका युवा नेता अजित अधिकारी क्षेत्री स्याङ्जा निवार्चन क्षेत्र नं १ बाट प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिस भएका छन् । क्षेत्रीले मंगलबार जिल्ला पार्टी कार्यालय स्याङ्जामा आगामी फागुनमा हुने निर्वाचनमा रुख चिन्ह बोकेर उमेदवार हुन इच्छा जाहेर गर्दै उम्मेद्बारी इच्छापत्र दर्ता गराएका थिए ।

परिबर्तनको ,रुपान्तरणको नारा लागि रहन्छ तर जिल्लामा बसेर संगठनको जनताको काम गरेका युवाहरूलाई न्यायिक अबसर दिने परिबर्तन आजको आवश्यकता रहेको भन्दै क्षेत्रीले उम्मेदवारी दर्ता गरेको बताए । क्षेत्री यसअघि नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा प्रतिनिधि निर्वाचित भएका थिए । हाल गण्डकी प्रदेश सदस्य एवं कार्यसम्पादन समिति सदस्य समेत रहेका छन् ।

Advertisement

क्षेत्रीसहित प्रत्यक्षतर्फ दाबी गर्नेमा धनराज गुरुङ, राजु थापा, गोविन्दबहादुर रानाभाट, खुमा प्रसाद अर्याल, बुद्धि बहादुर राना (कुमार), प्रेमराज पौडेल, भरतराज ढकाल, मेखलाल श्रेष्ठ,  बन्दना कुमारी लम्साल र इन्द्रबहादुर रिजाल रहेका छन् ।

कांग्रेस उपसभापति समेत रहेका गुरुङ यसअघि क्षेत्र नं २ वाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए भने, थापा क्षेत्र नं १ बाट विघटित प्रतिनिधिसभाका सांसद एवं कांग्रेस जिल्ला सभापति समेत हुन् ।

समानुपातिकतर्फ तुलसी गिरी, धनकुमारी थापा, नारायण ढकाल र दिलिपाश्री अधिकारीले दाबी पेश गरेका छन् । अधिकारी नेपाल प्रेस युनियनकी नेतृ समेत हुन् ।

More News last news
Loading...