पुतलीबजार नगरपालिकाले गर्‍यो सर्वोत्कृष्ट ३ महिला स्वयंसेविका सम्मानित

स्याङ्जा । स्याङ्जाको पुतलीबजारमा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेवक दिवस मनाएको छ ।

शुक्रबार २२ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेवक दिवसको अवसरमा लैङ्गिक हिंसा विरुद्धको अभियान सम्बन्धी अभिमुखिकरण, खुला रक्तदान कार्यक्रम तथा सम्मान कार्यक्रम गरि सो दिवस मनाइएको हो ।

Advertisement

कार्यक्रममा १४ वटा वडाका १०१ जना स्वयंसेविका मध्येबाट छानिएका ३ जना उत्कृष्ट स्वयंसेविकालाई सम्मान गरिएको थियो । सम्मानित स्वयंसेविकाहरुमा वडा न ४ की रेशम कुमारी पोख्रेल, वडा न ३ की बिष्णु माया शर्मा र वडा न ११ की खिम कुमारी अर्याल रहेका छन ।

नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख तुलसी राम रेग्मीले पुतलीबजार नगरपालिका अन्तर्गत रहेका सम्पूर्ण महिला स्वास्थ्य स्वयंसेविका हरुलाई नेपाल सरकारले ५० प्रतिशत र पुतलीबजार नगरपालिकाको ५० प्रतिशत गरी निःशुल्क स्वास्थ्य बीमा गरिएको जानकारी गराए ।

More News last news
Loading...