काठमाडौं । स्याङ्जाको भिरकोट नगरपालिका ७ मा रहेको महेन्द्र ज्योती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
खुमा अर्याल फाउन्डेसन स्याङ्जाको आयोजना तथा भिरकोट नगरपालिकाको समन्वयमा बुधबार सो विद्यालयमा अध्ययनरत ९३ जना विद्यार्थीहरुलाई ट्र्याक सुट वितरण गरिएको हो ।
भिरकोट नगरपालिका वडा न ७ को अनुरोध अनुसार विद्यालयमा गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुले अध्ययन गर्दै आएको र सोहि अनुसार आवश्यक महसुस गरि विद्यालयमा न्यानो पोशाक वितरण गरेको फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माले जानकारी दिए । उनका अनुसार फाउन्डेसनले मासिक नियमित कार्यक्रम अन्तर्गत यो कार्यक्रम गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै भिरकोट नगरपालिकाका नगर प्रमुख गोविन्द कुमार कर्माचार्य, उपप्रमुख भगवती रेग्मी अर्याल, खुमा अर्याल फाउन्डेसनका संस्थापक एवम् वरिष्ठ उद्यमि खुमा प्रसाद अर्याल, सचिव धुब्र शर्मा लगायतकाले मन्तब्य राखेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
