ज्योति एकेडमीका विद्यार्थी र कार्यवाहक नगरप्रमुखबीच अन्तरक्रिया

नागार्जुन l ज्योति एकेडमी विद्यालय सितापाईलामा अध्ययनरत कक्षा ८ का विद्यार्थीहरूले आज नागार्जुन नगरपालिकाकी कार्यवाहक नगरप्रमुख शुशिला अधिकारीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन्।

Advertisement

कार्यक्रममा युवा तथा शिक्षा शाखा प्रमुख कृष्ण बहादुर कुँवरले नगरपालिकाको परिचय, संरचना तथा हाल सञ्चालनमा रहेका विभिन्न विकास तथा शैक्षिक गतिविधिहरूबारे विस्तृत जानकारी प्रस्तुत गरे।

त्यसपछि कार्यवाहक नगरप्रमुख अधिकारीले विद्यार्थीहरूले राखेका जिज्ञासाहरूको उत्तर दिँदै नगरपालिकाले शिक्षाक्षेत्रमा अघि सारेका योजनाबारे आफ्ना धारणा व्यक्त गरिन्।

विद्यालयका प्रिन्सिपल गोबिन्द पगेनीले अन्तरक्रिया कार्यक्रमले विद्यार्थीहरूमा स्थानीय शासनप्रति बुझाइ बढाउने विश्वास व्यक्त गर्दै नगरपालिकाप्रति धन्यवाद प्रकट गरे।

कार्यक्रममा स्थानीय पाठ्यक्रम शिक्षिका विन्दु अर्याल र शिक्षक नारायण विष्टको पनि सहभागिता रहेको विद्यालयले जनाएको छ।

More News last news
Loading...