स्वास्थ्य सुचकहरुको मुल्यांकनमा अर्जुनचौपारी स्वास्थ्य चौकी उत्कृष्ट

स्याङ्जा । प्रदेश जनस्वास्थ्य कार्यालय, स्याङ्जाले सञ्चालन गरेको जिल्लास्तरीय वार्षिक समिक्षामा स्वास्थ्य सुचकहरुको मुल्यांकनको आधारमा स्याङ्जाको अर्जुनचौपारी गा.पा. वडा नं २ मा रहेको अर्जुनचौपारी स्वास्थ्य चौकी प्रथम भएको छ ।

जनस्वास्थ्य कार्यालय, स्याङ्जाले सञ्चालन गरेको आर्थिक वर्ष २०८१/०८२ को जिल्लास्तरीय वार्षिक समिक्षामा स्वास्थ्य सुचकहरुको मुल्यांकनको आधारमा स्याङ्जा जिल्ला अन्तर्गतका ९७ वडाहरु मध्येबाट उक्त स्वास्थ्य चौकी प्रथम भएको हो । यस अवसरमा गाउँपालिकाको कार्यालयले उक्त स्वास्थ्य चौकीलाई बधाई ज्ञापन समेत गरेको छ ।

Advertisement

यसअघि अर्जुनचौपारी गाउँपालिका विभिन्न विधामा देशभरबाट उत्कृष्ट पालिका घोषित हुँदैं विभिन्न सरकारी निकायबाट सम्मान भइसकेको छ ।

युवापालिका अध्यक्ष प्रकाश तिवारीले नेतृत्व गरेको पालिकामा सेवा प्रवाह, योजना कार्यान्वयन, बजेट व्यवस्थापन, प्रशासनिक क्षमता, पारदर्शिता, जवाफदेहिता र सार्वजनिक सेवा प्रभावकारिताका आधारमा गरिएको पटक–पटक उत्कृष्ट अंक ल्याउन सफल भएको छ।

More News last news
Loading...