अर्घाखाँचीकी शुभेच्छा खनालको दमदार भाषण, सहभागीहरू चकित

काठमाडौं। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा पब्लिक स्पिच नेपालले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा अर्घाखाँचीकी शुभेच्छा खनालले दमदार प्रस्तुती दिएकी छन् l

६५ जना सहभागीमध्ये अर्घाखाँची जिल्ला, छत्रदेव गाउँपालिकाकी २१ वर्षीया शुभेच्छा खनालले अब्बल प्रस्तुती दिएर सबैलाई चकित बनाएकी हुन l

Advertisement

हाल पूर्वाञ्चल विश्वविद्यालयमा छात्रवृत्तिमा स्नातक तह अध्ययनरत खनाल सानैदेखि मेहेनती छात्रा हुन्। विद्यालय जीवनभर निरन्तर छात्रवृत्तिमा पढ्दै आएकी उनले प्रायः प्रत्येक कक्षामा पहिलो स्थान हासिल गर्दै आएकी छन् l

“हामीले उनलाई पढ्न भन्नै पर्दैनथ्यो, आफैं पढ्थिन्। सुरुदेखि अहिलेसम्म छात्रवृत्तिमै अघि बढेकी छिन्,” खनालकी आमा सारदा पराजुलीले भनिन्। आयोजकका अनुसार प्रतियोगिताको नतिजा केही दिनमा सार्वजनिक हुनेछ।

More News last news
Loading...