लोकप्रिय गायिका इन्दिराको निधन !

लोकप्रिय लोक गायिका इन्दिरा गोले गुरुङको असामयिक निधन भएको छ।  उनको बुधबार बिहान २ बजे ललितपुरको हात्तीवनस्थित आफ्नै अपार्टमेन्टमा निधन भएको हो। करिब दुई वर्षदेखि क्यान्सरबाट पीडित उनी नेपाल क्यान्सर अस्पताल हरिसिद्धिस्थितमा उपचार गराई पछिल्ला दुई सातादेखि अपार्टमेन्टमै बसेर उपचार र आराम गरिरहेकी थिइन्। उनको उपचारका लागि तामाङ कलाकार संघलगायतका संस्थाले आर्थिक संकलन अभियानसमेत चलाएका थिए।

२०२३ साल कात्तिक ३ गते ललितपुरको भारदेउमा जन्मिएकी गोलेले तामाङ सेलोमार्फत आप्mनो पहिचान बनाउँदै साँढे तीन दशकदेखि नेपाली लोकगीत संगीत क्षेत्रमा विशिष्ट योगदान पु-याउँदै आएकी थिइन्। २०४५ सालमा बालाचर्तुदशीको अवसरमा पशुपतिको मेलामा लोक दोहोरी गीत गाइरहेकी इन्दिराको स्वर राम्रो भएका कारण रेडियो नेपालले नै उनलाई गीत गाउन बोलाएको थियो। त्यस समयदेखि नै उनले लोकदोहोरी, आधुनिक गीत र तामाङ सेलो गाउन थालेकी थिइन्।

Advertisement

एक समय नेपाली लोक तथा काठे गीतको क्षेत्रमा एकछत्र प्रभाव जमाउन सफल उनले चाँगुनारायण थान, जाइफूलको बासना, घर त छाउनीमा, सफा ट्याम्पुरी, नारनथानमा गेट, गेटमा ताला बन, अल्लारे सान्नानी, आज मलाई उनीको पछ्यौरी, होइ ताङ्बा, गाङ ग्याब्से ला, च्याङ्बा होई होईलगायत करिब ५ हजारभन्दा बढी गीतमा स्वर दिएकी छन्।

तामाङ गीत–संगीतलाई विश्वभर फैलाउन महत्वपूर्ण भूमिका खेलेकी उनी तामाङ कलाकार समाजको पूर्वअध्यक्ष समेत हुन्। कान्छी छोरीसहित हात्तीवनको अपार्टमेन्टमा बस्दै आएकी उनका दुई छोरी छन्। उनको गायक तथा संगीत गुरु पति पूर्ण गुरुङस“ग एक दशकअघि नै सम्बन्ध विच्छेद भएको थियो भने उनको केही वर्षअघि निधन भएको थियो। गायिका गुरुङको बुधबार नै बौद्ध संस्कारअनुसार अन्त्येष्टि गरिएको छ।

More News last news
Loading...