पोखरा । शुभअधिकारी ट्राभल्सले एसी, सोफा र स्लिपरसहितको एयर सस्पेन्सन बस सञ्चालनमा ल्याएको छ । ३० वर्षदेखि यातायात क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल ट्राभल्सले बुधबारदेखि सञ्चालन हुने गरी पोखरा काठमाडौं–पोखराका लागि पर्यटकीय बस सञ्चालनमा ल्याएको हो ।
पोखरा ५ निवासी ज्येष्ठ नागरिक बिमल तिमिल्सिना र केदारनाथ बरालले संयुक्तरुपमा रिबन काटेर बससेवा शुभारम्भ गरे । केदारनाथ बरालले शुभअधिकारी ट्राभल्सले समयको मागअनुसार बसहरु सञ्चालन गर्दै आइरहेको बताए । ट्राभल्सले नेपालमा मात्र नभइ भारतका विभिन्न धार्मिक स्थलहरुमा समेत यातायातको सेवा प्रदान गर्दै आएकाले शुभ अधिकारी सम्पूर्णमा लोकप्रिय बनेको उनको भनाइ थियो ।
अर्का स्थानीय बिमल तिमिल्सिनाले शुभअधिकारीले सुविधासम्पन्न बस सञ्चालन गर्ने बेलादेखीनै आफुले नजिकबाट नियाल्दैआएको बताए ।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी कार्यालय प्रमुख ज्ञानेन्द्र थापाले शुभअधिकारी टूर्स एण्ड ट्राभल्सले ३० वर्षअघि पोखरा–बागलुङबाट बस सञ्चालन सुरु गरी अहिले नेपालमा मात्र नभई छिमेकी मुलुक भारतका विभिन्न सहरहरुमा समेत बस सञ्चालन गर्दै आएको बताए ।
कम्पनीका म्यानेजिङ डाइरेक्टर टीकाराम अधिकारीले २०७२ सालदेखि पर्यटकीय बस सञ्चालन गर्दै आइरहँदा थप सेवा दिएको बताए । आफूहरुले विदेशीभन्दा पनि खासगरी बृद्ध आमाबुवालक्षित गरी हरियो प्लेटको सवारी सञ्चालनमा ल्याएको बताए । बसमा ३७ सिट र ४ स्लिपर रहेको छ । भाडादर १२ सय कायम छ । बस संचालनमा साढे २ करोड खर्च भएको कम्पनीको दाबी छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
