व्यवसायी अर्यालले बाल गृहमा मनाए जन्मदिन

स्याङ्जा । वरिष्ठ उद्योगी, व्यवसायी खुमा प्रसाद अर्यालले बालगृहका बालबालिकालाई खाद्यान्न सामाग्री सहयोग गर्दै बुधबार आफ्नो ५४ औ जन्मोत्सव मनाएका छन ।

खुमा अर्याल फाउन्डेसनका सरक्षक खुमा प्रसाद अर्यालको जन्मदिनको अवसर पारेर खुमा अर्याल फाउन्डेसन स्याङ्जाले स्याङ्जाको फेदिखोला गाउपालिका १ मा रहेको अमोर सेवा नेपाल बाल गृहका ४५ जना बालबालिकालाई ५० हजार बराबरको खाद्यान्न सामाग्री र नगद १० हजार प्रदान गर्दै जन्मदिन मनाएको हो ।

Advertisement

फाउन्डेसन, रोट्यार्याक्ट क्लब अफ नक्साल शक्ति र रोटरी क्लब अफ नक्सालसंगको संयुक्त आयोजनामा सो बालगृहका बालबालिकालाई दाल, चामल, आलु, प्याज, मसलन्द सामग्री, फलफुल, तेल, नुन लगायतका सामग्री उपलब्ध गरिएको छ ।

जन्मदिनमा हुने फजुल खर्चलाई कम गर्ने र त्यही सन्देशलाई प्रवाह गर्ने अभिप्रायले उद्योगी, व्यवसायी तथा राजनीतिज्ञ अर्यालले यसरी जन्मदिन मनाएका फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माले बताए ।

सो अवसरमा अमोर सेवा नेपाल बाल गृहको परिकल्पना, स्थापना र सन्चालनका लागि आफुले गरेको संघर्षका बारेमा जानकारी गराउदै बालगृह सन्चालिका कमला पराजुलीले सहयोगका लागि खुमा अर्याल फाउन्डेसनलाई धन्यवाद ज्ञापन गरेकी थिइन ।

वि.स. २०६८ सालमा स्थापित सो बाल गृहमा हाल ४५ जना बालबालिका रहेका छन । अर्यालले मेडिकल, एग्रो, हाएड्रो, कन्ट्रक्सन लगायतका क्षेत्रमा संलग्न रहेर झन्डै १५ हजार मानिसहरुलाई प्रत्यक्ष रोजगारी दिएका छन ।

More News last news
Loading...