गल्याङ जेसीजलाई “सबैभन्दा प्रभावशाली सामुदायिक विकास परियोजना अवार्ड”

गल्याङ । युवाहरुको नेतृत्व क्षमता र व्यक्तित्व विकाससँगै सामाजिक कार्यमा सक्रिय स्याङ्जाको गल्याङ जेसीज राष्ट्रिय स्तरको अवार्डबाट सम्मानित भएको छ।

भदौ १४ र १५ गते दमौलीमा सम्पन्न नेपाल जेसीज क्षेत्र ‘ख’ सम्मेलनमा, गल्याङ जेसीजले २०२५ मा सम्पन्न गरेका विभिन्न सामाजिक, नेतृत्व विकास र सामुदायिक कार्यक्रमको उच्च मूल्याङ्कन गर्दै “Most Impactful Community Development Project Award” (सबैभन्दा प्रभावशाली सामुदायिक विकास परियोजना अवार्ड)प्रदान गरिएको हो।

Advertisement

यस अवार्डले सामुदायिक विकासमा सकारात्मक र स्थायी प्रभाव पार्ने कार्यक्रम सञ्चालन गर्ने संस्थालाई सम्मान गर्ने उद्देश्य राख्दछ। गल्याङ जेसीजले समाजमा नेतृत्व तथा व्यक्तित्व विकास तालिम, सामाजिक सचेतनामूलक अभियान, सांस्कृतिक गतिविधि र डिजिटल प्लेटफर्ममार्फत गल्याङलाई राष्ट्रिय स्तरमा चिनाउने उल्लेखनीय कार्य गरेकोले यो अवार्ड प्राप्त गरेको हो।

नेपाल जेसीजको आयोजना र व्यासनगर जेसीजको आतिथ्यतामा सम्पन्न उक्त सम्मेलनमा नेपाल जेसीजकी कार्यकारीणी उपाध्यक्ष एवं सम्मेलन सभापति जेसी एलिना महर्जन र निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी अभिषेक दुलालले गल्याङ जेसीजका शाखा अध्यक्ष जेसी ज्ञानेन्द्र पाठकलाई अवार्ड प्रदान गर्नुभएको थियो।
सोही सम्मेलन अन्तर्गत नेपाल जेसीज एरिया ‘बी’ का ४२ वटा शाखामध्ये भएको वक्तृत्वकला प्रतियोगितामा गल्याङ जेसीजका उपाध्यक्ष जेसी माधव कडेलले तृतीय स्थान हासिल गरी गल्याङलाई अझ गौरवान्वित बनाउनुभएको छ।

गल्याङ जेसीजले विगत एक वर्षमा विभिन्न गतिविधि र कार्यक्रममार्फत नगरलाई विकास, सामाजिक उत्तरदायित्व र युवाहरुको क्षमतावृद्धिमा अग्रसर संस्था भएको प्रमाणित गरेको छ।

More News last news
Loading...